कसले सुरु गऱ्यो धर्मको नाममा राजनीति ?

कसले सुरु गऱ्यो धर्मको नाममा राजनीति ?


हिन्दूत्व नेपालको आन्तरिक एकताको एउटा बलियो आधार हो र, विश्वमा नेपालको एकलौटी पहिचानको आधार पनि हिन्दूत्व नै हो । वास्तविकता यस्तो हुँदाहुँदै पनि षड्यन्त्रमूलक ढङ्गले हिन्दूराष्ट्रको पहिचान मेट्न जो-जो अग्रसर भए तिनलाई सच्चा नेपालीको रूपमा ग्रहण गर्न कुनै नेपाली मनले सकिरहेको छैन ।

✍ देवप्रकाश त्रिपाठी

करिव दुई दशकअघि राजाले राज्यको कार्यकारी अधिकार आफूमा निहित गरेपछि देशमा प्रजातन्त्र पुनर्वहालीको नारा लाग्यो, राजाले राजकाज गर्ने जिम्मेवारी जनताबाट निर्वाचित प्रतिनिधिहरूलाई नै सुम्पनुपर्छ भन्ने आवाज जोडतोडका साथ उठ्यो/उठाइयो । जो-जति मानिस राजाको कदमप्रति असहमत थिए ती सबैको एउटै चाहना र लक्ष्य ‘प्रजातन्त्र’ थियो । तर २०६३ बैशाखमा राजाबाट प्रजातन्त्र पुनर्वहालीको घोषणा भइसकेपछि लोकतन्त्रको नाममा सत्तासीन भएकाहरूले अनायासै (जेठ ४ गते) झुक्क्याएर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिदिए । हो, धर्मको नाममा राजनीति यही बिन्दुबाट सुरु भएको हो ।

नेपालीले खोजेको प्रजातन्त्रको पुनर्स्थापना थियो, धर्मनिरपेक्षताको खोजी कम्तिमा नेपाली जनताले गरेका थिएनन् । जनताले खोज्दै नखोजेको एजेण्डा रहस्यमयी ढङ्गले छल गर्दै प्रवेश जसरी गराइयो, त्यो नै धर्मको नाममा गरिएको राजनीति थियो । यस्तो षड्यन्त्रमा सहभागी आधि दर्जन ब्यक्तिको नाम नेपाली इतिहासले खलपात्रका रूपमा स्मरण गरिरहेको छ । तथापि, अहिले तिनै ब्यक्ति र तिनका ‘नन्दी भृङ्गी चौसट्ठी योगिनी’हरू हिन्दूराष्ट्रको मुद्दा उठाउनेहरूलाई धर्मको नाममा राजनीति नगरियोस् भनेर अर्ति-उपदेश दिन अघिसर्दैछन् । यी अर्तिवाला तिनै हुन् जो सनातन धर्म र संस्कृतिबाहेकका पन्थको हरेक चाडपर्व उल्लासका साथ मनाउन अग्रसर हुन्छन्, आयातीत धर्म र संस्कृतिको उत्थानको पक्षमा खुलेआम पक्षपोषण गर्छन् र, मन्दिर परिसरमै जबर्जस्ती चर्च निर्माण गरेर आन्तरिक द्वन्द्वको बिजारोपण गरिँदा पनि भ्याटिकनकै नागरिक झैँ खुला समर्थनमा डुक्रन्छन् ।

सुन्यको अवस्थामा जे पैदा हुन्छ या गरिन्छ त्यसैलाई पहिलो मानिन्छ र, जो पहिलो हुन्छ त्यहाँ उसैको सर्वाधिकार रहन्छ । छिमेकी राष्ट्र भारतमा कुनैबेला मुगल साम्राज्य थियो । त्यो समयमा उनिहरूले कैयौँ मन्दिर र गुम्बा विस्थापित गरेर मस्जिद निर्माण गरेका थिए । भारतमा अहिले सांस्कृतिक पुनर्जागरणको युग प्रारम्भ भएपछि पहिले जहाँ जे थिए तिनैको पुनःस्थापना गर्ने अभियान चल्यो, बाबरी मस्जिद भनिएको ठाउँमा राम मन्दिर बन्नुको कारण यही हो । शताब्दीयौँ अघि त्यसरी मन्दिर क्षेत्रमा अतिक्रमण नगरिएको भए यो पुस्ताका भारतीय सनातनीले आफ्नो धर्म र संस्कृतिको नाममा रगत र पसिना बगाइरहनुपर्ने थिएन । २०६३ को परिवर्तनपछि नेपालमा मन्दिर र गुम्बाहरूलाई विस्थापित गर्दै या जिस्काउँदै राजनीतिक संरक्षणमा चर्च निर्माणलाई प्रोत्साहन दिने कार्य जुन भइरहेको छ यसले इसाइलाई मात्र होइन भविष्यमा गृहयुद्धका निम्तिसमेत दुरुत्साहन गरिरहेको छ, द्वन्द्वको बिज रोपिएको छ ।

नेपालको प्राचीन इतिहासको अध्ययन गर्दै जादा यहाँ सधै सनातनीहरूको मात्र राज्य र समाज रहेको भेटिन्छ । देशको नाम, झण्डा, इतिहास र सभ्यता नै सनातन धर्मसँग सम्बन्धित रहँदै आएको छ भने यसलाई सनातन हिन्दूराष्ट्र नभनेर के भन्ने ? कसरी चिन्ने ?

संसारमा घोषित ७४ सहित ११४ इसाई राष्ट्र अस्तित्वमा छन्, ५७ इस्लामिक राष्ट्र छन् र ९ वटा बौद्धराष्ट्र पनि छन् । भारतमा ब्यापारको नाममा प्रवेश गरेका अङ्ग्रेजहरूले सुरुमा अर्थतन्त्र कब्जा गरेका थिए, त्यससँगै उनिहरूले धर्मान्तरणलाई पनि ब्यापकता दिएका थिए । अर्थ र धर्म-संस्कृतिमा प्रभाव जमाएपछि मात्र उनिहरूले राज्यसत्ता आफ्नो नियन्त्रणमा लिएका हुन् । भारतवर्षमा इसाइकरणलाई तीव्रता दिइएपछि गोरखाका राजा पृथ्वीनारायण शाहले अङ्ग्रेजहरूको इसाइकरणलाई चुनौती दिँदै ‘असली हिन्दुस्थाना’ बनाउने घोषणाका साथ नेपाल एकीकरणको अभियान सुरु गरेका थिए । यस तथ्यका आधारमा नेपालको स्थापना नै सनातनी सभ्यताको रक्षाका निम्ति भएको हो भन्न सकिन्छ । त्यसभन्दा पुरानो इतिहासमा जाने हो भने ‘ने’ नामका ऋषिद्वारा पालन हुँदै आएको देश भएकोले यसको नाम नेपाल रहेको तथ्य स्पष्ट छ । जुन मुलुकको रक्षा ऋषि मुनिले गरेको ऐतिहासिक तथ्यले पुष्टि गर्छ, त्यो देश सनातनी हिन्दूराष्ट्र नभए के हो त भन्ने प्रश्न जहिले पनि उठिरहन्छ । नेपालको प्राचीन इतिहासको अध्ययन गर्दै जादा यहाँ सधै सनातनीहरूको मात्र राज्य र समाज रहेको भेटिन्छ । देशको नाम, झण्डा, इतिहास र सभ्यता नै सनातन धर्मसँग सम्बन्धित रहँदै आएको छ भने यसलाई सनातन हिन्दूराष्ट्र नभनेर के भन्ने ? कसरी चिन्ने ?

जुन देश जुन धर्मका नामबाट चिनिन्छ त्यो देशमा सोही धर्म मान्नेहरूको बाहुल्य छ भनेर बुझ्नुपर्ने हुन्छ । इसाइ देशमा इसाइको बाहुल्य, इस्लामिक देशमा इस्लामधर्मीकै बाहुल्य र यहुदी देशमा यहुदीधर्मीहरूकै बाहुल्य छ भने सनातनी बाहुल्य भएको नेपाललाई स्वभाविक रूपले सनातन हिन्दूराष्ट्रकै रूपमा चिन्नुपर्ने होइन र ? राजनीतिक दृष्टिले भन्नुपर्दा पनि नेपालको पहिचान हिन्दुराष्ट्रकै रूपमा हुनुपर्ने देखिन्छ । प्रजातन्त्र भनेको बहुसङ्ख्यक जनताको शासन-पद्धति हो । बहुसङ्ख्यक जनताको भावनालाई सम्बोधन गर्ने अवस्था/ब्यवस्थालाई मात्र प्रजातन्त्र भनिन्छ । बहुसङ्ख्यक जनताको भावना विपरीतको अवस्था/ब्यवस्था कदापि प्रजातन्त्र हुन सक्दैन । वर्तमान ब्यवस्था प्रजातान्त्रिक भएको पुष्टि हुन पनि संविधानमा हिन्दूराष्ट्र लेखिनुपर्ने हुन्छ ।

हो, राज्य धर्मनिरपेक्ष हुन्छ र हुनुपनि पर्छ । राज्यको व्यवहार धर्मसापेक्ष हुँदा आफ्नै मुलुकका अल्पसङ्ख्यकहरूमा असूरक्षाको भाव पैदा हुनसक्छ, आफ्नै देश पनि परायाको जस्तो लाग्नसक्छ र, राज्यबाट नै पक्षपात भएको अनुभूति हुनसक्छ । त्यसैले राज्य (संयन्त्र) धर्मनिरपेक्ष रहनु वान्छनीय हुनसक्छ । तर, राष्ट्र अर्थात् देश धर्मनिरपेक्ष हुन सक्दैन, धर्मकै नामबाट राष्ट्र चिनिन सक्छ, संसारका अधिकाङ्श देशहरू धर्मका आधारमा चिनिएका पनि छन् ।

अहिलेसम्म ८० प्रतिशत भन्दा बढी हिन्दूहरूको नेपालमा बसोबास भएको देखाउँछ, किराँत र बौद्ध लगायतका सनातनीहरूलाई जोड्दा ९४ प्रतिशत ओमकार परिवारसम्बद्ध मानिस नेपालमा रहन्छन् भन्ने स्पष्ट हुन्छ । नेपालको एकीकरणमा इस्लामधर्मीहरूले समेत अति महत्वपूर्ण योगदान पुऱ्याएको हुनाले यहाँ शताब्दीयौँदेखि इस्लामधर्मीहरूप्रति सम्मान र प्रेमभाव कायम रहँदै आएको छ । नेपालको पुराना बासिन्दाको रूपमा रहेका इस्लामधर्मीसमेत हिन्दूराष्ट्र नेपालको पहिचानमा गौरव महसूस गर्दछन् । विश्वको एकमात्र हिन्दूराष्ट्रको मुसलमान बासिन्दा भएकोमा उनिहरूप्रतिको बेग्लै सम्मान थियो । हिन्दूत्व नेपालको आन्तरिक एकताको एउटा बलियो आधार हो र, विश्वमा नेपालको एकलौटी पहिचानको आधार पनि हिन्दूत्व नै हो । वास्तविकता यस्तो हुँदाहुँदै पनि षड्यन्त्रमूलक ढङ्गले हिन्दूराष्ट्रको पहिचान मेट्न जो-जो अग्रसर भए तिनलाई सच्चा नेपालीको रूपमा ग्रहण गर्न कुनै नेपाली मनले सकिरहेको छैन ।

हो, राज्य धर्मनिरपेक्ष हुन्छ र हुनुपनि पर्छ । राज्यको व्यवहार धर्मसापेक्ष हुँदा आफ्नै मुलुकका अल्पसङ्ख्यकहरूमा असूरक्षाको भाव पैदा हुनसक्छ, आफ्नै देश पनि परायाको जस्तो लाग्नसक्छ र, राज्यबाट नै पक्षपात भएको अनुभूति हुनसक्छ । त्यसैले राज्य (संयन्त्र) धर्मनिरपेक्ष रहनु वान्छनीय हुनसक्छ । तर, राष्ट्र अर्थात् देश धर्मनिरपेक्ष हुन सक्दैन, धर्मकै नामबाट राष्ट्र चिनिन सक्छ, संसारका अधिकाङ्श देशहरू धर्मका आधारमा चिनिएका पनि छन् । हाम्रो जस्तो आकारमा सानो र सम्वेदनशील भूस्थितिमा रहेका मुलुकको राष्ट्रिय पहिचान पनि एउटा समस्याको रूपमा रहिरहेको हुन्छ । त्यसैले हिन्दूराष्ट्र नेपालको एजेण्डा सबै नेपालीको साझा एजेण्डा हो, राष्ट्रिय पहिचानको एजेण्डा हो, सभ्यता र इतिहास पहिचानको एजेण्डा हो भन्न सकिन्छ । यो अर्को सत्य हो कि हिन्दूराष्ट्रको संवैधानिक पहिचान मिल्नेबित्तिकै देश समृद्ध बन्छ भन्ने होइन । समृद्धि प्राप्त हुन शान्ति कायम हुनुपर्छ र शान्तिपूर्ण वातावरण बन्न स्थायित्व हुनुपर्छ । बहुसङ्ख्यक जनताको भावनालाई सम्मान दिनसक्दा मात्र कुनै पनि मुलुकले स्थायित्व प्राप्त गर्ने हो । त्यसैले नेपाललाई हिन्दूराष्ट्रको संवैधानिक पहिचान दिएमा राजनीतिक स्थायित्वमा ठूलो सहयोग पुग्नेछ ।

जनताले खोज्दै नखोजेको एजेण्डा रहस्यमयी ढङ्गले छल गर्दै प्रवेश जसरी गराइयो, त्यो नै धर्मको नाममा गरिएको राजनीति थियो । यस्तो षड्यन्त्रमा सहभागी आधि दर्जन ब्यक्तिको नाम नेपाली इतिहासले खलपात्रका रूपमा स्मरण गरिरहेको छ । तथापि, अहिले तिनै ब्यक्ति र तिनका ‘नन्दी भृङ्गी चौसट्ठी योगिनी’हरू हिन्दूराष्ट्रको मुद्दा उठाउनेहरूलाई धर्मको नाममा राजनीति नगरियोस् भनेर अर्ति-उपदेश दिन अघिसर्दैछन् ।

कुनै एक धर्मलाई मात्र प्रवद्र्धन गर्नका निम्ति हिन्दूराष्ट्रको एजेण्डा बनेको होइन, कसैलाई यस्तो भ्रम छ भने त्यसलाई तत्काल मेट्नु उपयुक्त हुन्छ । प्रलोभन या त्रास देखाएर धर्मान्तरण गर्नु आफैमा पापकर्म भएकोले त्यस्ता क्रियाकलाप सधै निषेधित हुन्छन् । धर्म-संस्कृति मान्ने-नमान्ने या कुन धर्म संस्कृति अपनाउने भन्ने ब्यक्तिगत अधिकार र स्वतन्त्रताको विषय हो । ब्यक्तिको अधिकारमा राज्यले हस्तक्षेप गर्न हुँदैन र सक्दैन पनि । तर यसको अर्थ ब्यक्तिगत अधिकार भन्दै कानून तथा समाजविरोधी क्रियाकलापले छुट पाउनुपर्छ भन्ने मान्यता अमेरिकादेखि जापान र भारतदेखि बिलायतसम्मका कुनै पनि मुलुकमा भेटिँदैन । चराको मासु खान मानिसलाई छुट छ, तर अष्ट्रेलिया जस्तो प्रजातान्त्रिक मुलुकमा पनि हालै एउटा चराको मासु खान खोजेको आरोपमा एक ब्यक्ति दण्डित भए । कतिपय मुलुकमा कुकुर मार्न पाइन्न, बाँदर मार्न त धेरै मुलुकले रोक लगाएको छ । हाम्रो देशमा पनि संविधानले गोबधलाई अपराध मानेको छ भने गैँडा, हात्ती, कस्तुरी, डाँफे, बाघ आदि जनावरको पनि हत्या गर्न पाइन्न । ब्राह्मणहरूको श्राद्धमा गैँडाको छाला या सिङबाट तर्पण दिने पारम्परिक ब्यवस्था भएपनि कानूनले बर्जित गरेका कारण त्यस्तो वस्तुको प्रयोगमा बर्जित छ । तर यहाँ नेपालमा धर्मनिरपेक्षतालाई धर्मान्तरणको अधिकारका रूपमा दुरुपयोग गर्न एकथरी अराजकतावादी विधर्मीहरू कस्सिएका छन् र, गौहत्यालाई समेत आफ्नो संस्कृति भन्दै मिच्याइँ गर्न खोज्दैछन् ।

नेपाललाई धर्मनिरपेक्ष बनाउँदै इसाइकरणलाई बढावा दिने कार्यमा पश्चिमा शक्ति लागेको हामी सबैले बुझेका छौँ । नेपाल एकीकरणसँगै नेपालबाट निष्काशित हुनुको प्रतिशोध लिन भ्याटिकन सिटीले बनाएको योजनाअनुसार एकथरी मानिस परिचालित भइरहेका छन् । आफ्नो माता र मातृभूमिलाई समेत अपमान र तिरष्कार गरेर परायाको इच्छा र योजनामा परिचालित हुनेहरूबाट नेपालको रक्षा गर्नु वर्तमानमा हरेक नेपालीको दायित्व हो, जय मातृभूमि !