आजको पञ्चाङ्ग एवम् राशिफल (२२ भदौ २०८० शुक्रबार, ८ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ भदौ २०८० शुक्रबार, ८ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र २२ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर ८ तारिख शुक्रबार भाद्रपद कृष्णपक्षको नवमी तिथि मृगशिरा नक्षत्र सिद्ध योग तैतिल करण आनन्दादिमा मानस योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त साँझ १८ः१५ बजेमा हुनेछ । गुँगानवमी, निजामती सेवा दिवस, शिक्षा तथा साक्षरता दिवस ।

आजको राशिफल

मेष – आजको दिन शुभदायी रहला । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । कतैबाट अप्रत्यासित रुपले अर्थप्राप्ति हुने योग छ । पराक्रमका साथै मान वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – खर्च वृद्धि हुनसक्ने समय छ । खर्च गर्दा सचेतना अपनाउनुहोला । आजको दिन स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनु हितकर होला । साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रु पक्षले सताउने योग छ, सजक रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – शुभता बढ्नेछ । आजको दिन खुशीसाथ बित्ने देखिन्छ । धनलाभको योग छ, अध्ययन–अध्यापनमा प्रगति होला । प्रतिभा प्रदर्शनबाट अरुको मन जित्न सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्ष परास्त होलान् ।

कर्कट – नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धनलाभको योग छ भने नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्रा हुने योग छ । आयआर्जनको दृष्टिले दिन राम्रो छ । सुख सुविधाका वस्तु बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । पारिवारिक सुख मिल्नुका साथै मन उल्लसित रहनेछ ।

सिंह – नयाँ काम पाउने र धन आर्जनको अवसर जुर्ने समय छ । कृषिसम्बन्धी कामबाट विशेष लाभ होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काम सफल हुनेछन् । पारिवारिक सुखशान्ति रहला ।

कन्या – आजको दिन चुनौतीपूर्ण रहला । स्वास्थ्यमा केही गडबडी आउन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । आज टाढाको यात्रा सकभर नगर्नुहोला । व्यर्थको खर्च बढ्न सक्छ । यसका बाबजुद कर्मबल वृद्धि हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ–सहयोग रहला ।

तुला – बन्न लागेको काम अचानक बिग्रन गइ मनमा चिन्ता बढ्न सक्ने दिन छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मनमा केही दुविधा रहला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । मातृधनले लाभ प्रदान गर्ला । आज योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – सोचेअनुरुपको अर्थलाभ हुने समय छ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने वैदेशिक क्षेत्रको लगानीमा फाइदै होला । पठनपाठन कार्यमा प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । व्यस्तता र पराक्रम वृद्धि हुने योग छ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु – दिन एकदमै राम्रो छ । कामहरु सजिलैसँग बन्नेछन् । आज कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । काममा जोश–जाँगर बढ्ने देखिन्छ । रसविलासतर्फ इच्छाशक्ति बढ्नेछ । आरोग्यता रहला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – पेशागत रुपमा समस्या देखिन सक्ने समय छ । घरपरिवारमा पनि केही मनमुटाव होला । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, सचेत रहनुहोला । कसैसँग वादविवादको सम्भावना रहेकोले सावधानीपूर्वक बोली र व्यवहार गर्नु हितकर हुनेछ । आरोग्यता बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । तथापि, मनमा दुविधा रहन सक्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, तथापि प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – व्यस्तता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कामका साथै वार्तामा सफलता मिल्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । आज यात्राको पनि योग रहेको छ । चल–अचल सम्पत्तिको कारोवार होला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।