रबी अव्वलको अवसरमा बिहीबार स्थानीय बिदा

रबी अव्वलको अवसरमा बिहीबार स्थानीय बिदा


  • तौलिहवा प्रतिनिधि

कपिलवस्तुका स्थानीय पालिकाले मुस्लिम धर्मावलम्बीको विशेष पर्व १२ रबी अव्वल (पैगम्बर मोहम्मदको जन्मदिन) को अवसरमा असोज ११ गते बिहीबार स्थानीय बिदा दिएका छन् ।

जिल्लाको महाराजगञ्ज नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकाले सो अवसरमा बिहीबार बिदा दिएका हुन् । उक्त पर्वका अवसरमा मुस्लिम समुदायले र्‍याली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको र निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मद डे लाई इद मिला दुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ ।

नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद जयन्ती भनेर पनि मनाउने गरेका मुस्लिम अगुवाहरू बताउँछन् ।