आजको पञ्चाङ्ग एवम् राशिफल (११ असोज २०८० बिहीबार, २८ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ असोज २०८० बिहीबार, २८ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन ११ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर २८ तारिख बिहीबार भाद्रपद शुक्लपक्षको चतुर्दशी तिथि पूर्वाभाद्रपद नक्षत्र गण्ड योग गर करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५५ मा भयो र सूर्यास्त सांझ १७ः५२ बजे हुनेछ । अनन्त चतुर्दशीव्रत, कुमारी इन्द्रयात्रा ।

आजको राशिफल

मेष – आजको दिन मिश्रित फलदायी रहला । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । तर, आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य पनि नमिल्न सक्छ । गरिआएको व्यवसायमा आम्दानी बढ्ने योग छ । इर्ष्यालुजनले दुःख दिन सक्छन् र पनि शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । यात्रा सफल रहनेछ । आमोदप्रमोदमा रम्ने अवस्था सिर्जन होला ।

वृष – सरसापटमा धन खर्च हुने समय छ । कर्मबल वृद्धि हुनेछ र आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिएला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ ।

मिथुन – भाग्योदय हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका मिल्ला । प्रतिष्ठित कार्यमार्फत् धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त होलान् ।

कर्कट – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । ब्यवसायमा राम्रै लाभ हुनेछ, तर अरूको मात्र भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुहोला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुने योग छ ।

सिंह – केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । दामपत्यसुख बढ्नेछ । आरोग्यता र साहस बढ्नेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने योग भएकोले तपाईंको लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

तुला – सामाजिक काममा रुचि बढ्ने र गरेका कामबाट धेरैलाई फाइदा पुग्नसक्ने समय छ । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्नेछ । प्रयत्न गरे रोकिएका काम सहजै बन्नेछन् । धन सम्पदामा बढोत्तरी हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

वृश्चिक – व्यस्तता बढ्नेछ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । दाम्पत्य सुख मिल्नेछ । सुख सुविधाको वस्तुमा खर्च होला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउन सक्छ । पठनपाठनमा समय दिन नसकिएला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । नचिताएको ठाउमा धननाश हुने योग छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कीर्तिमानी काम सम्पादन होला । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कार्यसफलताको लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । प्रेमको प्रस्ताव प्राप्त हुन सक्ने योग छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ र दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आफन्तबाट टाढिनुपर्ने समय छ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तुमा खर्च होला ।