कृषि मेसिनरी संघमा शर्मा

कृषि मेसिनरी संघमा शर्मा


नेपाल कृषि मेसिनरी व्यवसायी संघको आठौं साधारण सभाले कृष्ण शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष सुुनिता न्हेम्हाफुकी, महासचिव अर्जुन लुइटेल, सचिव गौरव श्रेष्ठ र कोशाध्यक्षमा कृष्ण अधिकारी निर्वाचित भएको संघले जनाएको छ ।

यस्तै, समितिका सदस्यमा राजेन्द्रजंग रायमाझी, गौतम महर्जन, सन्तोषकुमार श्रेष्ठ, रोशनप्रसाद ढकाल, सक्कल थापा, सकुन्तलाकुमारी सुवेदी, हरि खरेल र पुस्कल गिरी निर्वाचित भएको अध्यक्ष शर्माले बताए ।

४ सय ४० जना व्यवसायी संघमा आवद्ध छन् । देशमा कृषि मेसिनरीसम्वन्धी हुने कारोबारको तथ्याङ्क छैन । नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा संस्थागत विकास, सुशासन, अभिलेखिकरण र राज्यको नीति निर्माणमा प्रमुख भूमिका खेल्ने बताए । ‘संघका सदस्यहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसायीलाई कृषकमैत्री बनाउन कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य लिएका छु ।’– उनले भने । यो संघ देशमा कृषि मेसिनरीसम्बन्धी एकमात्र संगठित संस्था हो ।