बन्दुक र राजनीति

बन्दुक र राजनीति


✍ श्यामकृष्ण लम्साल

इतिहासमा
बन्दुकले, धेरै निम्छराहरूको
खुन खाएकै थियो
अहिले राजनीतिले खाइरहेछ !
बाटोको ओखती ब्यापारीले भट्याएजसरी
शान्ति, मानवअधिकार, जनजीवीका…
विश्व रङ्गमञ्चका घटना, दृश्य-परिदृश्य भट्याउँदे
आजको युगको राजनीति
छलछाम, जालझेल, जाली तमसुकमा ल्याप्चे लाउँदै
‘स्याल हुइयाँको कथामा’
उद्यत भएकै हो त ?
विद्वान्हरू भन्न थालेका छन्-
‘सत्तामा पुगेपछि मानिसले रगत खान थाल्दोरहेछ’
ररगत खाएकैले अन्धो पनि हुन्छ रे !
के बन्दुके जुग फेरि शुरु भएकै हो त ?

– दिङ्गला (भोजपुर), हाल काठमाडौं