जसपाको कावा अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई

जसपाको कावा अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई


जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाएका छन् । पार्टीअध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि कावा अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण कार्य गर्नेगरी जिम्मेवारी तोकेका छन् ।

यादव असोज २३ गते नेपाल फर्किने कार्यक्रम छ ।