शिखा (टुपी) राख्नुका धार्मिक र वैज्ञानिक तथ्य

शिखा (टुपी) राख्नुका धार्मिक र वैज्ञानिक तथ्य

घ.वि. सम्वाददाता
0
Shares

टाउकोको बीच अथवा केन्द्र भागमा कपाल काट्दा केही रौंलाई जोगाएर राख्ने गरिन्छ , जसलाई हामी टुपी भन्छौं । टुपीलाई संस्कृत भाषामा शिखा भन्ने गरिन्छ । हिन्दु परम्परामा शिखा राख्नुको विशेष महत्व र अर्थ रहेको छ ।

हिन्दुधर्मशास्त्रमा शिखा काट्नु शीर काट्नु बराबर भएको मानिन्छ जसबाट नै हामी स्पष्ट बुझ्न सक्छौँ कि शिखाको महत्व कति धेरै छ भनेर। हाम्रो वैदिक शास्त्रअनुसार विभिन्न प्रकारका ध्यान तथा मन्त्रण शिखा छोएर मात्रै गर्नुपर्दछ ।

पछिल्लो समयमा शिखा अर्थात् टुपीलाई कतिपयले फेसनको रुपमा पनि राख्ने गरेको पाइन्छ । तर, धर्मशास्त्रले यसलाई निकै महत्वका साथ लिएको छ ।

शिखाको वैज्ञानिक तथ्य

धर्मशास्त्रले शिखा राख्न तोकेको स्थानमा स्वास्थ्य विज्ञानका अनुसार मस्तिष्कको केन्द्र रहेको हुन्छ । शरीर, बुद्धि र मनका अंगहरू यही ठाउँबाट नियन्त्रणमा रहेका हुन्छन्।

यदि शिखा राखियो भने मस्तिष्क सन्तुलनमा रहन्छ भन्ने तथ्य धर्मशास्त्रले प्रष्ट पारेको छ । यसले सहस्त्रार चक्रलाई जागृत राख्ने उल्लेख छ । शिखा राख्नाले सहस्त्रार चक्रलाई जागृत गर्न र बुद्धि, मन र शरीरलाई नियन्त्रण गर्न मद्दत गर्दछ।

धार्मिक ग्रन्थअनुसार सहस्रार चक्रको आकार गाईको खुर जस्तै हुने विश्वास गरिन्छ । त्यसैले पनि गाईको खुर बराबरको शिखा राख्नु भनिन्छ ।