चितवन टुक्य्राउन पाइन्न भन्दै स्थानीय बासिन्दा एकजुट भई प्रतिरोधमा उत्रिएपछि राजनीतिक दल तथा माओवादीका नेताहरूले पनि चितवनलाई कुनै हालतमा टुक्य्राउन नदिइने प्रतिबद्धता सार्वजनिक गरे । यसअघि सुदूरपश्चिमलाई खण्डित गर्न नपाइने आवाज जोडदार रूपमा उठेको थियो । सुदूरपश्चिमेली जनताले अखण्डित सुदूरपश्चिमको निम्ति जस्तासुकै कदम चाल्न पनि तत्पर रहेको जनाउ दिएपछि सबै प्रमुख राजनीतिक दलका नेताहरूले अखण्डित सुदूरपश्चिमको पक्षमा आफूहरू रहेको वचनबद्धता प्रकट गरेका थिए । राजनीतिक दलहरूले मात्र होइन, माओवादीका नेताहरूसमेतले अखण्ड सुदूरपश्चिमको नारा लगाए । सुदूरपश्चिमकै एक माओवादी मन्त्रीले त कुनै आयोग नाम दिइएको आईएनजीओवालाहरूद्वारा तयार पारिएको सङ्घीय नक्साका विरुद्ध सुदूरपश्चिम बन्दकै आह्वानसमेत गरेका थिए । जातिवादी र क्षेत्रवादी भावना भड्काउन अग्रणी भूमिका निर्वाह गर्ने माओवादीकै नेताहरूसमेत अखण्ड सुदूरपश्चिमको पक्षमा उभिएपछि सुदूरपश्चिमेलीमा हौसला थपिनु स्वाभाविक हो, थपियो । तर, जातिवादी भड्कावका निर्माता तथा निर्देशक भूमिकामा रहेको माओवादी पार्टीले यस सम्बन्धमा औपचारिक रूपमा कुनै छलफल तथा बहस चलाएर आफ्नो त्रुटि सच्याउन पहल नलिनुलाई चाहिँ स्वाभाविक मँनिएको छैन । माओवादी पार्टीकै तर्फबाट देशको प्रधानमन्त्री बन्नुभएका डा. बाबुराम भट्टराईले पनि सुदूरपश्चिम अखण्डित रहने विश्वास जनतालाई दिलाउनुभएको छ । उहाँको आश्वासनपश्चात् सुदूरपश्चिमवासी नेपाली आफ्नो भूमि नटुक्रिनेमा थप आश्वस्त बनेका छन् । आफ्नो स्थापित नक्सामा किञ्चित हलचल गर्न नदिने कसमसहित प्रतिरोधमा उत्रिएका चितवन र सुदूरपश्चिमका जनताले राष्ट्रवाद र देशभक्तिको उन्नत उदाहरण पेस गरेका छन् । यहीँनेर प्रश्न के उठ्न सक्छ भने सुदूरपश्चिम या चितवनचाहिँ अखण्डित रहनैपर्ने, नेपाल मात्र खण्डित गरिनुपर्ने किन ? चितवन र सुदूरपश्चिमजस्तै नेपाल पनि अखण्डित रहनुपर्छ भन्ने आवाज नेपाली जनताको ठूलो हिस्साले उठाउँदै आएका छन् । त्यसो त एकीकृत नेपालको सार्वभौमिकता खण्डित गर्ने माग नेपाली जनताले कहिल्यै गरेका थिएनन् । माओवादीले जातीय महत्त्वाकाङ्क्षा जगाएर जनजातीय समुदायका कतिपय सीधासादा मानिस भड्काउने र जातीय राज्यको प्रलोभन दिँदै लडाकु बनाएर लड्न पठाउने गरेका भए पनि ०६२/०६३ को आन्दोलनमा यस किसिमको माग कतैपट्टबिाट पनि नउठेकोबारे सिङ्गै संसार जानकार छ । सङ्क्रमणकालको मौका पारेर धमिलो पानीमा माछा मार्ने तत्त्वहरूले नियोजित ढङ्गले देशलाई खण्डित गर्ने चालबाजी चलेका हुन् भन्ने तथ्यहरूले प्रमाणित गरिसकेको छ । छिमेकी मित्रराष्ट्र भारतका नागा र मिजोलगायत जनजातीय समुदायलाई भड्काएर छुट्टै राज्य बनाउन उकास्ने र छुट्टै राज्य बनिसकेपछि इर्साईकरण गर्ने गराउने तत्त्व नै नेपालको सार्वभौमिकताको विखण्डनमा नियोजित ढङ्गले क्रियाशील भएका हुन् । खासगरी नर्वेलगायत केही युरोपेली मुलुक यसप्रकारको धन्दामा लागेका देखिन्छन् । नाइजेरियामा इर्साईकरण गर्ने क्रममा उत्पन्न द्वन्द्व र तनाव अझै शिथिल भइसकेको छैन । लिबिया र इजिप्टमा सङ्क्रमणकालको मौका छोपेर नेपालमा जस्तै इर्साईकरणलाई तीव्रता दिइएको छ र यही कारण इजिप्ट र लिबिया दीर्घकालिक ढङ्गले द्वन्द्वमा फस्ने हो कि भन्ने आशङ्का बढेको छ । लिबियाको एउटा भूखण्डका मानिसलाई छुट्टै राज्य निर्माणको निम्ति उत्प्रेरित गरिएपछि त्यहाँका जनता सङ्घीयताको विरुद्ध सडकमा उत्रिएका छन् । नेपालमा ०६३ सालको परिवर्तनपश्चात् पाँच हजारभन्दा बढी चर्च खुलेका छन् र गाउँ-गाउँमा हजारौँ स्वदेशी तथा विदेशी इर्साईहरू अशिक्षित र गरिब नेपालीलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खटिएका छन् । इर्साईहरूले हिन्दू दलित तथा जनजातीय समुदायका बौद्धमार्गीलाई मुख्य निसाना बनाउँदै आएका छन् । यस किसिमको कार्यमा युरोपजस्तो आफूलाई सभ्य, सुसंस्कृति र समृद्ध दाबी गर्ने महादेशकै मुलुक संलग्न रहनु आफैंमा दु:खदायी र खेदजनक छ । युरोपका कतिपय मुलुकको नियत अत्यन्त खराब रहेको आभास एक सचेत नागरिकका रूपमा हामीलाई निकै अघि नै भएको हो । विदेशी लगानीका ठूला गैरसरकारी संस्थामध्ये डीएफआईडी अर्थात् डिफिड एउटा हो र जुन ब्रिटिस मौज्दातबाट सञ्चालित छ भन्ने हामी सबैको जानकारीमा छ । नेपाललाई सङ्घीय संरचनामा लैजाने निर्णय अप्रत्यासित ढङ्गले भएपछि नेपाली छापा माध्यम राष्ट्रिय सञ्जाल ?साना लगानीका छापामाध्यमहरूको यो सङ्गठनमा व्यक्ति होइन संस्थालाई सदस्य बनाइन्छ र पहिले यसको नाम साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल थियो) ले यस विषयमा एउटा विशेष कार्यक्रमको आयोजना गर्ने सोच बनाएको थियो । एकात्मक, सङ्घीय र केन्द्रीकृत प्रणालीबीचको अन्तर तथा तिनका विशेषता र विशिष्टताहरूबारे सर्वसाधारण जनता मात्र होइन पार्टीका केन्द्रीय नेता तथा सभासद्हरूसमेत अनभिज्ञ रहेको पाइएपछि हामीले हरेक पार्टीका केन्द्रीय सदस्य र सभासद्हरूलाई भेला गरी उल्लिखित विषयमा प्रशिक्षित गर्ने योजना बनाएका थियौँ । सबै पार्टीका सिङ्गै केन्द्रीय समितिहरू र संविधानसभाका सदस्यहरूलाई एकै थलोमा भेला गराई सङ्घीयताको पक्षमा कृष्णबहादुर भट्टचन नामक विद्वान् र सङ्घीय प्रणालीको इतिहास तथा त्यसको नकारात्मक पक्षबारे भीमार्जुन आचार्यद्वारा प्रशिक्षित गराउने हाम्रो कार्यक्रम थियो । भट्टचनजीले सङ्घीयताको पक्षमा र भीमार्जुनजीले त्यसको असहमतिमा प्रशिक्षण दिँदा सहभागीहरू विषयमा स्पष्ट हुने र पार्टी तथा संविधानसभामा हुने छलफलहरूमा तिनले आ-आफ्ना विचार प्रस्तुत गर्न सक्ने विश्वास हामीले गरेका थियौँ । त्यस किसिमको कार्यक्रम आयोजना गर्न तेह्र लाखभन्दा बढी रकम खर्च हुने देखिएपछि हामीलर्ेर् इएसपीमार्फत डिफिडमा सहयोगका लागि लिखित प्रस्ताव प्रस्तुत गर्यौँ । प्रस्ताव पेस भएको करिब एक महिनापछि हामीले मौखिक जवाफ पायौँ, ‘तपाईंहरूले सङ्घीयतामा जानु ठीक कि बेठीक भनेर बहस चलाउन खोज्नुभएको रहेछ, यस किसिमको छलफल चलाउन आर्थिक सहयोग गर्ने हाम्रो नीति छैन, बरु सङ्घीयतामा जानुपर्छ र जाँदाखेरि के-कस्ता लाभ हुनसक्छन् भन्ने विषयमा मानिसलाई प्रशिक्षित गर्नुहुन्छ भने हामी सहयोग गर्न सक्छौँ ।’ तीन वर्षअघिको घटना हो यो, डिफिडका कुराले हामी छक्क परेका थियौँ । एकात्मक पद्धतिमा विश्वास गर्ने ब्रिटेनसम्बद्ध संस्थाले सङ्घीयताको पक्षमा मात्र लगानी गर्ने नीति लिएको जानकारी पाउँदा छक्क पर्नु स्वाभाविक थियो । सहयोग प्राप्त नभए पनि खास-खास युरोपियन मुलुकहरू नेपालमा कस्तो धन्दा चलाउँदै छन् भनी बुझ्ने अवसरचाहिँ हामीलाई त्यसबेला प्राप्त भएको थियो । गत वर्ष नेपाल भ्रमणमा आएका एक बेलायती मन्त्री लिम्बुवान राज्यका लागि लडिरहेको दाबी गर्ने एक ‘विद्रोही’ अगुवालाई भेट्न पूर्वाञ्चल जानुले नेपालमा युरोपेली नियत अरू स्पष्ट तुल्याएको थियो । ढिलै भए पनि नेपाली जनताले वास्तविकता बुझ्न थालेका छन् । सङ्घीयता र धर्मनिरपेक्षता माओवादीको बर्ुइ चढेर नेपालमा आइपुगेको हुँडार हो, यसले आफ्नो आक्रामक कारबाही गणतन्त्र घोषणालगत्तै सुरु गरेर यहाँसम्म आइपुगेको छ । चितवनवासीले चितवन टुक्य्राउनु हुन्न भनेका छन्, त्यसमा विमति जनाउनुपर्ने कारण र अवस्था छैन । सुदूरपश्चिमका जनताले सुदूरपश्चिमलाई खण्डित तुल्याउन दिइँदैन भनेका छन्, त्यो पनि जायज छ । अनि मधेस-तराईका बासिन्दाले मधेस-तराई टुक्य्राउन दिँदैनौँ भन्दै आएका छन्, एक अर्थमा यो पनि ठीक हो । अब सबै मिलेर भन्नुपर्ने दिन आइसकेको छ, ‘हाम्रो प्यारो मातृभूमि नेपाल टुक्य्राउन पाइन्न, हामी कदापि दिँदैनौँ, नेपाल टुक्य्राउन खोज्नेहरू पहिले नेपालीको मुटुसँग शरीर छुट्याउने हिम्मत गर ।’ क्षेत्र र जिल्ला टुक्य्राउन पाइँदैन भन्ने राष्ट्रवादी एवम् देशभक्त सुदूरपश्चिम, चितवन र तराईका बासिन्दाले देश विखण्डनविरुद्धको अभियानको पनि अगुवाइ लिऊन्, शुभकामना ।
प्रतिक्रिया