पूर्वी चितवनका स्थानीय सार्वजनिक सवारी साधन भरतपुर चौबिसकोठीसम्म : मेयर रेनु

पूर्वी चितवनका स्थानीय सार्वजनिक सवारी साधन भरतपुर चौबिसकोठीसम्म : मेयर रेनु

घ.वि. सम्वाददाता
0
Shares

भरतपुर महानगरले पूर्वी चितवन र पश्चिम चितवनबाट आउने स्थानीय सार्वजनिक सवारीसाधनहरूलाई चौबिसकोठीसम्म आउन दिने निर्णय गरेको छ । वर्तमान अवस्थामा सडक निर्माणको कार्यलाई बाधा नहोस् भन्ने उद्देश्यले चौबिसकोठीसम्म मात्र आउन दिने निर्णय गरेको महानगरले जनाएको छ ।

भरतपुरकी मेयर रेनु दाहालले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै समग्र महानगर क्षेत्र भित्रका सवारी साधनहरूको उचित व्यवस्थापनका लागि सम्बन्धित सरोकारवाला पक्षसमेत रहने गरी गठन भएको प्राविधिक कार्यदलले सुझाव प्रतिवेदन पेस गरे पश्चात सो निर्णय भएको बताउनुभएको हो।

पूर्वचितवनबाट आउने सवारीसाधनलाई केन्द्रीय बस पार्कमा नै रोकेर नारायणगढ आउन नदिएको भन्दै पूर्वचितवनका जनप्रतिनिधि, यातायात व्यवसायी र राजनीतिक दलहरुले लामो समयदेखि विरोध गर्दै आएका थिए ।