लुम्बिनी र गण्डकीमा केपीको आँखा

लुम्बिनी र गण्डकीमा केपीको आँखा


नयाँ गठबन्धनका परिकल्पनाकारहरूले केन्द्रीय सरकार परिवर्तन गर्नुअघि प्रदेश सरकारहरू बदल्ने कार्यनीतिक योजना बनाएको बुझिएको छ ।

कोशी प्रदेशमा प्रचण्ड र देउवालाई झट्का दिँदै (एमालेसँग सहकार्य गर्दै) मुख्यमन्त्री चयन गरेपछि उक्त टोलीले अब लुम्बिनी र गण्डकी प्रदेशमा आँखा लगाएको छ । ती प्रदेशहरूमा कसरी समीकरण बदल्न सकिन्छ भन्ने बारेमा शेखरको टोलीसँग उपेन्द्र यादव र केपी ओलीको छलफल चलिरहेको जानकारी मिलेको छ । पहिले लुम्बिनीको सरकार बदल्ने र त्यसपछि गण्डकीको सरकार बदल्ने सोच बनेको सम्बद्ध सूत्रबाट थाहा भएको छ ।

तर, दशैँअघि नै यो कार्य अघि बढाइने छ या त्यसपछि भन्ने स्पष्ट हुन सकेको छैन । केन्द्रीय सरकार भने मङ्सिरसम्ममा बदल्ने योजना बनेको बुझिएको छ ।