कोशीमा सहमतिको सरकार निर्माण गरिने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

कोशीमा सहमतिको सरकार निर्माण गरिने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता


तस्बिर : रासस

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले छिट्टै सहमतिको सरकार निर्माण गर्ने बताएका छन् । प्रदेशसभामा बुधबार विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तिहारअगाडि सरकारलाई पूर्णता दिने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा चुनौती र समस्या धेरै रहेकाले सबै राजनीतिक दलको सहकार्य र सहयोगले सरकार सञ्चालन गर्ने बताए । वर्तमान अवस्थामा कोशी प्रदेशमा रहेको मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

प्रदेशसभामा रहेका दलहरूले आफूलाई विश्वास गरेर मत दिएकाले यसप्रति सरकार जिम्मेवार हुने धारणा राख्दै मुख्यमन्त्री कार्कीले जनतालाई सङ्घीयताको सही कार्यान्वयन गरी विश्वास जागृत गराउने कार्यमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।