भ्रामक समाचार सम्प्रेषण नगर्न सानिमा बैंकको चेतावनी

भ्रामक समाचार सम्प्रेषण नगर्न सानिमा बैंकको चेतावनी


केही अनलाइन सञ्चारमाध्यममा बैंकका अध्यक्षको तस्बिरसमेत प्रयोग गरी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक समाचार फैलाइएको भन्दै सानिमा बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले एक सार्वजनिक विज्ञप्तिमार्फत उक्त समाचार गलत, अनर्गल र तथ्यहीन भएको जिकिर गर्दै बैंकका शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेको छ ।

‘सानिमा बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरूको पालना गर्दै आएको, सार्थ संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको छ’- विज्ञप्तिमा भनिएको छ ।

यस खालका तथ्यहीन एवम् भ्रामक समाचार प्रचारप्रसार नगर्न चेतावनी दिँदै भ्रामक गतिविधिविरुद्ध कानुनी कारवाहीको प्रक्रिया अघि बढाउन बैंक बाध्य हुने जनाइएको छ ।