स्वआर्जनबाट पढ्दै प्राविधिक विद्यार्थी

स्वआर्जनबाट पढ्दै प्राविधिक विद्यार्थी


  • सुरेन्द्र सुवेदी, तेह्रथुम

तेह्रथुमको विकट आठराई-४ मा हालै स्थापना भएको बहुप्राविधिक शिक्षालयमा विद्यार्थीहरू सिकेको सीपबाट रुपैयाँ आर्जन गर्दै पढ्न थालेका छन् । ३ वर्षको पाठ्यक्रममा ५० हजार तिरेर पढ्न थालेका विद्यार्थीहरू त्यो समयमा त्यति नै रकम आर्जन गर्ने दीगो विश्वासका साथ लगन देखिन्छन् ।

तेह्रथुम बहुप्राबिधिक शिक्षालय इवाका विद्यार्थीबीच सिक्ने, कमाउने र लागेको खर्च तिर्ने (लन अन पे) कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिक्षालयमा सिकेका कुरा व्यवहारमा उतार्न त्यहाँ अकबरे खोर्सानी खेति, बोइलर कुखुरा पालन र च्याउ खेति सुरु गरिएको छ । यसलाई प्राविधिक भाषामा ‘लन अन पे’ भनिन्छ ।

‘यो लन अन पे’बाट प्राप्त रकम विद्यार्थी, शिक्षक र शिक्षालयले कूल मूनाफा रकम दामासाही रुपमा लिने गर्छन् । ‘विद्यार्थीबीच पनि सिकेको कुरा ब्यवहारमा उतार्दै आयआर्जन पनि गर्न पाइने भएपछि उनीहरू उत्साहित छन् ।’ ‘यो परीक्षणको रुपमा सुरु गरिएको कार्यक्रम पहिलो चरणमै आकर्षणको केन्द्र बन्दै गएको छ ।’

यहाँ ३-३ वर्षे डिप्लोमा कोर्ष बालीविज्ञान, पशुबिज्ञान पढाइ हुन्छ । अब सिभिल इन्जिनियरिङ र फार्मेसीको पनि पठनपाठनको तयारी छ । सिकाईका कुरा प्रयोगात्मक अभ्यास गर्न पोलीहाउस, हाइटेक टनेल, नर्शरीको व्यवस्था भएको छ । शिक्षालयमा तीनवर्षे कोर्ष पूरा गर्न करिव ५० हजार रुपैयाँमात्र विद्यार्थीले भूक्तानी गर्नुपर्छ । यो नेपालकै सस्तो दरमा पढाइ हुने शिक्षालय हो ।

शिक्षालयले अहिले स्थानीय २० जना किसानलाई बेमौसमी तरकारी उत्पादनको तालिम पनि दिइसकेको छ । आफ्नो भूगोलमा उत्पादन हुने बेमौसमी तरकारी उत्पादनका लागि शिक्षालयले किसार्नहरू समेटेर तालिम सञ्चालन गरेको हो ।

बोइलर, अकबरे र च्याउ खेतिबाट यो सिजनमा करिव २ लाख रुपैयाँ मूनाफा भएको विद्यार्थीहरू संगम बुढाथोकी, लक्ष्मी सेढाइँ र तीर्थराज भट्टराईले बताए । अर्का विद्यार्थी संघर्ष चम्लागाई भन्छन्, ‘आगामी वर्ष ५ लाख रुपैयाँ आय गर्ने लक्षका साथ पहिलो प्रयास परीक्षणकालका रूपमा लिएका छौँ ।’ स्थलगत रिपोर्टिङमा पुग्दा उर्नहरूको साहस र बोइलर फर्ममै रात बिताएको देख्दा उर्नीहरूको मिहेनत खेर नजाले महसुस भयो ।

(तेह्रथुम बहुप्राविधिक शिक्षालयका विद्यार्र्थीहरू आर्फूहरूको टिमले उत्पादन गरेको च्याउको गोडमेल, बोइलर कुखुराको हेरचाह र टमाटर बिक्रीका लागि तौलँदै । तस्बिर : सुरेन्द्र)