दशैंमा घर गएका आधा फर्किए

दशैंमा घर गएका आधा फर्किए


सार्वजनिक यातायातमा दुर्घटना शुन्य !

  • सुरेन्द्र सुवेदी, काठमाडौ

यसपटक दशैं, तिहार र छठ पर्व मान्न घर गएकाहरू करिव ८ लाख जना फर्किएका छन् । यातायात व्यवसायी र यातायात विभागले करिव १६ लाख जना राजधानीबाट बाहिरिएको अनुमान गरेका थिए । अब राजधानी फर्कनेक्रम तिहार र छठसम्म अति न्यून हुन्छ । सरकारी कर्मचारी र कामविशेष भएकाहरू फर्किसकेका छन् भने बाँकी तिहार र छठ मानेरमात्र फर्किने गर्छन् ।

दशैंमा यसपटक सार्वजनिक सवारी दुर्घटना शुन्यप्राय: भयो । पाल्पामा निजी स्कारपियो र केही निजी स्कुटर तथा मोटरसाइकलमात्र दुर्घटनामा परेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महसंघका उपाध्यक्ष सरोज सिटौलाले बताए । पाल्पामा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

यातायात व्यवसायी र सरोकारवालाको निरन्तरको दबाबले मेचीदेखि महाकालीसम्मका राजमार्गहरू मर्मतसंभार गरिए । तर, ग्रामीण क्षेत्रका सडकहरू भने मर्मतसंभार भएनन् । जसले गर्दा ग्रामीण क्षेत्र पुग्नुपर्ने यात्रीले भने जीर्ण सडकका कारण दुःख झेल्नुपरेको छ ।

सरकारले प्रत्येक वर्ष दशैंअघिमात्र सडकहरू मर्मत गर्छ । यो वर्ष मर्मत भएका सडक अर्काे दशैंमा मात्र मर्मत गर्ने चलनले यात्रीहरू र यातायात व्यवसायी सधैं तनावमा पर्दैआएका छन् । अहिले करिव साढे ३ लाख सार्वजनिक सवारीले यात्रुहरु बोके । मेची महाकालीमा यही सख्यामा सवारी निरन्तर चल्ने गर्छन् । तर, सरकारले सडक मर्मत भने चाडपर्वका बेलामात्रै गर्छ । स्थानीय पालिकाहरूले सडक मर्मत र संभारमा ध्यान नदिँदा ग्रामीण क्षेत्रमा हुने यात्रा भने सधंै कठिन भइरहेको पाइन्छ ।