- आरपी उपाध्याय, नवलपरासी
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाकी पूर्व कार्यवाहक अध्यक्ष एवं जनता प्रगतिशील पार्टीकी महिला नेत्री अन्जु चौधरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेकी छन्।
नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल र लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवारले जिल्लाको महेशपुरमा एक कार्यक्रम आयोजना गरी पार्टीमा प्रवेश गराएका छन् ।
अन्जु चौधरीसङ्गै प्रतापपुर गाउँपालिकाका पूर्व वडाध्यक्ष मनोज पन्जियार, पूर्व कार्यवाहक वडाध्यक्ष दुधनाथ चौधरीलगायतले जनता प्रगतिशील पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेको कांग्रेस नेता कँडेलका स्वकिय सचिव कमल किशोर रायमाझीले जानकारी दिए ।

काङ्ग्रेस प्रवेश गरेकाहरुले नेपाली काङ्ग्रेसको लोकतान्त्रिक समाजवादको नीति र उद्देश्यप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन् ।
जनता प्रगतिशील पार्टीका केन्द्रिय अध्यक्ष हृदयेश त्रिपाठीको जन्मदिन (बुधबार) कै दिन आश लाग्दा तीन नेताले पार्टी परित्याग गरेपछि नेता त्रिपाठीलाई ठूलो झट्का लागेको बताइएको छ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कँडेलले नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाहरुलाई उचित मुल्यांकन गरिने तथा समय परिस्थिति अनुसार थप जिम्मेवारी दिइने आश्वासन दिएका छन् ।
प्रतिक्रिया