बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन-२ मलकटिबाङमा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका-२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड-६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको र दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया