पारिवारिक विवादपछि आत्मदाहको प्रयास गरेका रावतको अस्पतालमा निधन

पारिवारिक विवादपछि आत्मदाहको प्रयास गरेका रावतको अस्पतालमा निधन


काठमाडौं बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा निजको मृत्यु भएको हो ।

अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

‘हामीले उहाँलाई बचाउन हरसम्भव प्रयास ऱ्यौं तर अत्यधिक जलनका कारण बचाउन सकिएन । उहाँको अनुहारसहित श्वासप्रश्वास नलीमा पनि आगोले धेरै असर गरेको थियो’, डा. लामिछानेले भनेका छन् ।

प्रहरीका अनुसार पारिवारिक विवादपछि राउतले शनिबार (२७ असार) बिहान घरको भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए । सो क्रममा उनको शरीरको ७० प्रतिशत भाग जलेको बताइएको छ ।