मान्छे र चिया

मान्छे र चिया


✍ राजेश ढुङ्गाना

मान्छेले
जम्माजम्मी देख्ने भनेको
एक जोर
आँखाले देख्ने
दूरीसम्म न रहेछ
जन्म देख्तैन
मृत्यु देख्तैन !

जीवनभरि
भ्रम देख्तछ र
भ्रमहरू मात्र देखिरहन्छ
त्यसैलाई
सत्य ठानेर !

तर मानिस
साँच्चैमा चाहिँ
चियाको
एक कप मात्र रहेछ
जो खाँदा सकिन्छ
र नखाए पनि फ्याँकिन्छ !