तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


नेपाली चलचित्र क्षेत्रमा बौद्धिक चलचित्र निर्देशकका रूपमा चिनिनुहुन्छ वरिष्ठ चलचित्र निर्देशक यादव खरेल । गीतलेखन र साहित्य विधाका प्रखर खरेल चलचित्र विकास बोर्डका प्रथम अध्यक्ष हुनुहुन्छ । स्पष्ट वक्ता अनि नेपाली चलचित्र क्षेत्रका हस्ती खरेलले नै आदिकवि भानुभक्त र श्रीस्वस्थानीजस्ता ऐतिहासिक चलचित्रको निर्देशनसमेत गर्नुभयो । नेपाली चलचित्र क्षेत्रको नजरमा सधैं सम्मानित रूपले स्थापित खरेलको विचारमा जीवन र जगत् के हो ? राजन घिमिरेसँग उहाँ यसरी प्रस्तुत हुनुभयो ।

० जीवन के हो ?
– अन्धाले छामेको हात्ती
० प्रेम के हो ?
– नैसरि्गक सम्बन्ध
० सुन्दरता के हो ?
– आँखा, मन र मष्तिस्कको त्रिकोणात्मक अनुभूति
० मन के हो ?
– चेतन, अर्धचेतन र अचेतनको समुद्र
० भावना के हो ?
– समुद्रको तरलता
० विवाह के हो ?
– सामाजिक संस्था
० बन्धन के हो ?
– मुक्तिको सचेतक
० अपमान के हो ?
– अहम्माथिको प्रहार
० इज्जत के हो ?
– इगोको बेलुन ।
० बेइज्जती के हो ?
– बेलुनको फुटाइ
० मिलन के हो ?
– नदीबीचको तुइन
० विछोड के हो ?
– अँध्यारो जङ्घार ।
० जवानी के हो ?
– छाल
० बालापन के हो ?
– समुद्रको निर्मल पानी
० तृष्णा के हो ?
– मृगमरिचिका
० रिस के हो ?
– विनास ज्वाला
० जोस के हो ?
– ऊर्जा
० नसा के हो ?
– बालुवामा टाउको लुकाउने सर्ुर्तुमुर्ग
० यौन के हो ?
– जीवनमार्ग
० सन्तुष्टि के हो ?
– आफैंले परिभाषित गरेको सीमा
०र् कर्तव्य के हो ?
– आफैंसँग आफैंले गरेको प्रश्न
० विश्वास के हो ?
– समर्पण
० असल के हो ?
– ब्रह्मले ठहराएको कुरा
० खराब के हो ?
– आफैंसँगको बेइमान
० सबैभन्दा ठूलो धोका के हो ?
– आफूलाई सर्वज्ञाता ठान्ने प्रवृत्ति
० दु:ख के हो ?
– दुष्कर्मको परिणति
० सुख के हो ?
– सुकर्मको प्राप्ति
० खुसी के हो ?
– एक किसिमको मनोगत स्थिति
० आनन्द केमा छ ?
– निष्काम भावमा
० मित्र को हो ?
– सुकर्म
० शत्रु को हो ?
– कुकर्म
० सङ्घर्ष के हो ?
– झुलो, चकमक
० प्राप्ति के हो ?
– बिसौनीमा पुगेको अनुभूति
० आस्था के हो ?
– दाइँको मियो
० धर्म के हो ?
– धारण गर्ने विषय
० नैतिकता के हो ?
– सामाजिक लक्ष्मणरेखा
० चरित्र के हो ?
– एकान्तमा देखिने आफ्नै अनुहार
० ज्ञान के हो ?
– जानकारीहरूभित्रको अन्तरदृष्टि
० बुद्धि के हो ?
– दिमागभित्रको आकाश
० सम्झौता के हो ?
– लेनदेन
० सृष्टि के हो ?
– प्रकृतिको सिर्जना
० गुरु को हो ?
– अन्तरमनको प्रकाश
० राजनीति के हो ?
– पुच्छरले कुकुर हल्लाउने खेल
० देश के हो ?
– भौगोलिक आकाशमा जात-जातिले गाडेको मियो
० समाज के हो ?
– व्यक्ति-व्यक्तिबीचको समष्टि
० पद के हो ?
– अफिमचिको कुर्सी
० विकास के हो ?
– गाँस, बास र कपासभन्दा माथिको सोच
० व्यापार के हो ?
– नाफा-नोक्सानको चक्रब्युह
० अनुशासन के हो ?
– आफैंमाथिको नियन्त्रण