ग्रीन डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त

ग्रीन डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त


गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् ।

दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाई सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गरी स्थापित भएका गुरुङले यसअघि साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाइनान्सको संचालकको भूमिकामा रही कार्य सम्पादन गरिसकेका छन् ।

नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङले ग्रीन डेभलपमेण्ट बैंकको उच्च ब्यवस्थापनमा आबद्ध भइ कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहम् भूमिका रहने बताए ।