ट्राभल्सको युजर आईडी ह्याक गरी दुई करोड ठगी

ट्राभल्सको युजर आईडी ह्याक गरी दुई करोड ठगी


बालुवाटार (काठमाडौं)मा रहेको जियोल्याण्ड ट्राभल्स एण्ड टुर्सको युजर आईडी पोर्टल ह्याक गरेर करिव २ करोड रुपैयाँ ठगी भएको छ । स्याङ्जा वालिङ-४ का नारायण सुवेदीले उक्त ठगी गरेका हुन् ।

मर्स्याङ्दी ट्राभल्सका म्यानेजर सुवेदीले गत कात्तिक १८ देखि यही मंसिर २ गतेसम्म आइडी ह्याक गर्दै जजिरा र एयर अरबिया एयरलाइन्सको ३ सय ३७ जनालाई टिकट कटाएर १ करोड ९९ लाख ८२ हजार ९ सय ८४ रुपैयाँ यात्रुहरूसँग लिएर ठगी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोेले जनाएको छ ।

सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।