इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारीमा हमास

इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारीमा हमास


हमासले आइतबार प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी गरेको छ।

शनिबार हमासले १३ इजरायली र चार थाई बन्धकहरूलाई रिहा गरेको थियो । इजरायलले त्यसको बदलामा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताइएको छ ।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले आइतबार हमासले रिहा गर्ने बन्दीहरूको सूची प्राप्त गरेको जनाएको छ । सुरक्षा अधिकारीहरूले सूची जाँच गरिरहेको र परिवारलाई सूचित गरिएको थियो।