कांग्रेस केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनित

कांग्रेस केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनित


सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिको सदस्यमा चार जनालाई मनोनित गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा रहेको समितिको सदस्यमा सोमबार चार जनालाई मनोनित गरेका हुन् ।

सभापति देउवाले धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा. डेविड बस्याल, मकवानपुका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई लेखा समितिको सदस्यमा मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा, ३९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको कार्य गर्ने गरी चार जनालाई सदस्यमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।