राष्ट्र बैंकले गऱ्यो ‘ऐतिहासिक’ आम्दानी !

राष्ट्र बैंकले गऱ्यो ‘ऐतिहासिक’ आम्दानी !


नेपाल राष्ट्र बैंक आफ्नो इतिहासकै सबैभन्दा बढी आम्दानी गर्न सफल भएको छ । आम्दानी बढेकै कारण नेपाल राष्ट्र बैंकले नेपाल सरकारलाई दशैँअघिकै बोर्ड बैठकबाट पच्चीस अर्ब रूपैयाँ उपलब्ध गराएको छ ।

यसरी राष्ट्र बैंकले सरकारलाई यति ठूलो रकम उपलब्ध गराएको यो पहिलोपटक हो ।

मुलुक आर्थिक मन्दीको चपेटमा परिरहेको यो समयमा राष्ट्र बैंक यसरी आर्जन गर्न सफल हुनुले जानकारहरू सबैलाई चकित पारेको छ ।

प्राप्त जानकारीअनुसार राष्ट्र बैंकले आफ्नो मौज्दात रकमको ब्याजवापत आम्दानी गर्ने गर्दछ र, यसपटक अन्तर्राष्ट्रिय बजारमा ब्याज वृद्धि भएकोले राष्ट्र बैंक नाफा बढाउन सफल भएको बुझिएको छ । उक्त नाफाबाट बढी भन्दा बढी रकम प्राप्त गर्ने आकाङ्क्षा सरकारले राखेको थियो ।