६० लाखबढीको सामानसहित ट्रक नियन्त्रणमा

६० लाखबढीको सामानसहित ट्रक नियन्त्रणमा


पर्सा प्रहरीले ६० लाख ७९ हजार रुपैयाँबढीको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ ।

एक दिनअघि राति १० बजे बिल बिजकभन्दा बढी खुद्रा सामान बोकेको मालबाहक ट्रक वीरगञ्जबाट काठमाडौतर्फ जाँदै गरेको अवस्थामा ट्रक नियन्त्रणमा लिइएको हो ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा ना६ख ४९४० नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तु लोड रहेको पाएपछि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।