रास्वपामा १२ सदस्यीय सचिवालय

रास्वपामा १२ सदस्यीय सचिवालय


तीन दिनसम्म महोत्तरीको जलेश्वरमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठकले १२ सदस्यीय सचिवालय निर्माण गर्ने निर्णय गरेको छ । तीन दिनअघि सुरु भएको बैठकबाट ६० सदस्यीय केन्द्रीय समिति यसअघि नै सार्वजनिक भइसकेको छ ।

नेपाली कांग्रेसबाट विद्रोह गर्दै रास्वपामा प्रवेश गरेर कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहुँबाट निर्वाचित भएका सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापतिमा मनोनित गरेको छ । उनलाई डोलप्रसाद अर्यालपछिको वरियतामा राखिएको छ ।

अब रास्वपा सचिवालयमा निम्न नेता रहनेछन्-

१. सभापति – रवि लामिछाने
२. उपसभापति – डीपी अर्याल
३. उपसभापति – डा. स्वर्णिम वाग्ले
४. महामन्त्री – डा. मुकुल ढकाल
५. सहमहामन्त्री – कवीन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री – सुमना श्रेष्ठ
७. सहमहामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सहकोषाध्यक्ष – बसुमाया तामाङ
१२. सहकोषाध्यक्ष – दीपक बोहोरा