तौलिहवा उ.वा. संघको अध्यक्षमा पुनः दिपु निर्वाचित

तौलिहवा उ.वा. संघको अध्यक्षमा पुनः दिपु निर्वाचित


कपिलबस्तुको तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित भएका छन् । योसहित दिपु तेस्रो पटक संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुधबार भएको निर्वाचन कुल खखेको १ हजार ८२ मत मध्ये ५ सय ८ मत प्राप्त गरी दिपु निर्वाचित भएका हुन् । निर्वाचन संयोजक राजुकुमार श्रीवास्तवका अनुसार कुर्मीका प्रतिद्वन्द्वी धिरजकुमार गुप्ता (संजय)ले ३ सय ३८ मत र अर्का प्रतिष्पर्धी अर्जुन चापागाईंले २ सय २१ मत प्राप्त गरेको बताए ।

त्यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा संदिपकुमार श्रीवस्तव, उपाध्यक्षमा अजयकुमार कसौधन निर्वाचित भएका छन् । श्रीवास्तव ६ सय ७९ मत पाएर निर्वाचित भएको हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनन्त भारतीले ३ सय ६० मत प्राप्त गरेका थिए ।

त्यस्तै, महासचिवमा देवेश जैसवाल ५ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी गिरिजेश शरण चौधरीले ४ सय ६२ मत प्राप्त गरेका हुन् । त्यस्तै, सचिवमा वासुदेव बर्मा (अजय) ६ सय ५३ मत सहित निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी वीरेन्द्र कुमार गुप्ता ३ सय ८३ मत गरेका हुन् ।

संघको कोषाध्यक्षमा बृजेश भटरा निर्वाचित भएका छन् । उनले ३ सय ८८ मत पाएका छन् भने उनको निकटतम प्रतिष्पर्धी नसीरुद्दीन गौरीले ३ सय ७० र अर्का प्रतिष्पर्धी चन्द्रशेखर गुप्ताले २ सय ७० मत प्राप्त गरेका थिए ।

संघको महिला सदस्यमा प्रिति अग्रहरी निर्वाचित भएकी छन् भने सदस्यहरुमा बृजबिहारी कुर्मी, पशुपतिप्रसाद तेली, देवेन्द्र गुप्ता, सुनिल पाठक र सुनिल कुमार गुप्ता कशौधन विजयी भएका छन् ।