टोपबहादुर रायमाझी थुनामा नै रहने
नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाणको विषयमा राय बाझिएको छ ।
उच्च अदालत, पाटनलले आज आफ्नो फैसला सुनाउँदै पूर्वमन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाणको सवालमा भने न्यायाधीशहरूका बीचमा राय बाझिएको छ । जसका कारण तेस्रो न्यायाधीशलाइ फैसाला गर्न आदेश दिइएको छ । अदालतको आदेश अनुसार अब खाणले जेलबाहिर बसेर नै मुद्धा लड्न पाउने बाटो अझै खुलेको छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पूर्वगृहमन्त्री खाणलगायतलाई थुनामुक्त गराउनुपर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलिपल्ट अदालतले फैसला सुनाएको हो ।
अदालतमा जवाफी बहसमा खाणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका थिए । तर, न्यायाधीश बीचमा राय बाझिँदा तत्कालका लागि उनी थुनामुक्त हुन सकेनन् ।
प्रतिक्रिया