डोटीमा केपी भने- ‘प्रचण्ड/माकुनेका षडयन्त्रबाट पनि एमाले सिद्धिएन’ !

डोटीमा केपी भने- ‘प्रचण्ड/माकुनेका षडयन्त्रबाट पनि एमाले सिद्धिएन’ !


नेकपा एमालेका अध्यक्ष केपी शर्माले पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टी जोडिएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग पदयात्राको क्रममा डोटीमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी जोगाएको भन्दै कार्यकर्ताहरूलाई धन्यवाद दिए ।

‘प्रचण्डका षडयन्त्र भए, माकुनेका षडयन्त्र भए, अरू षडयन्त्र पनि भए, ती सबै षडयन्त्रलाई परास्त गरेर तपाईंहरूले एमाले पार्टी जोगाउनुभएको छ, पार्टी फेरि पहिलेकै ठाउँमा आएको छ । देशी-विदेशी सारा शक्ति लागि पार्टीलाई सिद्धाउन लाग्दा पनि पार्टी सकिएन, तपाईं सबैलाई धन्यवाद’- ओलीले भने ।

पछिल्लो समय हिंसा भड्काउने काम भइरहेको ओलीको आरोप थियो । देशलाई अगाडि बढाउने संकल्पका साथ सङ्कल्प यात्रा सुरु गरिएको उनले बताए ।

वर्तमान सरकार धेरै समय टिक्न नसक्ने जिकिर गर्दै उनले भने, ‘यो सरकार कति चल्छ र यो सरकार मक्किएको धोद्रा परेको सरकार हो । यस्तै अवस्था देशमा रहँदैन ।’

ओलीले पार्टीनेता तथा कार्यकर्ताहरूलाई एक भएर काम गर्न निर्देशन दिए ।