पासोमा फसेको चितुवा उद्धार गरी निकुञ्जमा छोडियो

पासोमा फसेको चितुवा उद्धार गरी निकुञ्जमा छोडियो


कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिका-८ प्रगति महिला सामुदायिक वनमा शिकारीले बँदेल मार्नका लागि थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको छ । सोमबार साँझ चोर शिकारीले थापेको पासोमा चितुवा परेको हो ।

चितुवालाई बेहोस (डार्ट) गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले १८ घण्टापछि उद्धार गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए । उद्धार गरिएको चितुवालाई निकुञ्जको सुरक्षित स्थानमा छाडिएको छ । पासोमा फसेको भाले वयस्क अवस्थाको चितुवा रहेको छ ।

गतवर्ष शिकारीले बँदेल मार्न थापेको पासोमा परेर यसै क्षेत्रमा दुई वटा चितुवा मृत अवस्थामा फेला परेका थिए । चुरे क्षेत्रनजिकका सामुदायिक वन चितुवाको वासस्थानका रूपमा रहेका छन् ।