एमालेको कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीले गरे बन्दको आह्वान

एमालेको कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीले गरे बन्दको आह्वान


एमालेको गेट जलाएपछि आठ जना पक्राउ

नेकपा (एमाले)ले तयार पारेको स्वागतद्वार पूर्वका ‘पहिचानवादी’ले भत्काएर जलाइदिएका छन् । झुलाघाट-चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् ।

एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी-हर्कपुर आउने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आह्वानसमेत गरेका छन् ।