चिकित्सा शिक्षा सुधार अभियन्ताको रुपमा प्रचार गरिएका तर देशलाई चिकित्साकर्मीविहीन तुल्याउने प्रकृतिको कर्ममा होमिएका पात्रको रुपमा पछिल्लो चरणमा बढ्ता चिनिएका व्यक्ति हुन् डाक्टर गोविन्द केसी । ‘अनसन केसी’को रुपमासमेत पुकारिन थालेका केसी फेरि धनगढीमा अनसन बसेका छन् । तर, गोविन्द केसीविरुद्ध प्रदर्शन भएको छ । केसी धनगढीमा अनशन बसेपछि शनिबार प्रदर्शन भएको हो ।
चिकित्सक केसी अनसन बसेपछि त्यसको विरोधमा धनगढीमा ‘चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपाल’ले प्रदर्शन गरेको हो । सरोकार समितिका अनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको मागविपरीत केसीले अनसन थालेपछि प्रर्दशन गर्नुपरेको हो । सो क्रममा संघर्ष समितिका प्रदर्शनकारीहरूले डा. केसीविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
डा. केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगे पनि प्रदर्शनकारीले अवरोध गरेपछि उनी त्यहाँबाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका थिए । तर, अनसन बसेपछि स्थानीयले उनीविरूद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया