हृदयघातपछि मैदानमै ढले लुटन टाउनका कप्तान

हृदयघातपछि मैदानमै ढले लुटन टाउनका कप्तान


प्रिमियर लिगअन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ ।

गएराति लुटन टाउन र बोर्नमाउथबीचको खेल जारी रहेको बेला खेलको ६०औं मिनेटमा टम मैदानमै ढलेका थिए । मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोगका लागि पुगेका थिए । मैदानमै प्राथमिक उपचार गराएपछि उनलाई अस्पताल लागिएको थियो ।

प्रिमियर लिगले कप्तान टमलाई हृदयघात भएको र उनको अवस्था ठिक रहेको बताएको छ । सो घटनापछि रोकिएको खेल पछि स्थगित गरिएको थियो ।

क्लब लुटन टाउनले टमको अवस्था ठिक रहेको जानकारी दिँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

टम यसअघि च्याम्पियनसिप प्लेअफको फाइनलमा समेत यसरी नै मैदानमा ढलेका थिए । त्यसपछि पनि उनलाई अस्पताल लागिएको थियो ।

गत जुनको सो घटनापछि उनलाई चिकित्सकले अप्रेसनपछि फेरि खेल्न अनुमति दिएका थिए ।