राप्रपा नेपालले देशका सात स्थानमा क्षत्रिय भेला र प्रशिक्षण गर्ने

राप्रपा नेपालले देशका सात स्थानमा क्षत्रिय भेला र प्रशिक्षण गर्ने


राप्रपा नेपालले मुलुकका सात स्थानहरुमा क्षत्रिय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन र प्रगति समीक्षा पनि गरेको छ ।

अध्यक्ष कमल थापाले बैठकमा बोल्दै अहिलेको ब्यवस्था असफल सावित भैसकेकोले यो त्रुटिपूर्ण मार्गचित्रबाट मुकुकले निकास पाउन नसक्ने विश्लेषण गर्दै नयाँ जनआन्दोलनको आवश्यकतामा जोड दिए । थापाले आन्दोलनलाई सफल बनाउन बृहत राष्ट्रवादी प्रजातान्त्रिक मोर्चाको निर्माण आवश्यक भएकोले मोर्चा निर्माणमा पार्टीले तदारुकता देखाएको र यसलाई निष्कर्षमा पुऱ्याउन सबैको सकारात्मक भूमिका र पहल आवश्यक रहेको चर्चा गरेका छन् ।

कार्यक्रम अनुसार मध्यमाञ्चलको पौष १२ गते काठमाडौमा, तराई मधेस क्षेत्रको १६ गते जनकपुरमा , मध्यपश्चिमको पौष १८ गते बुटवलमा, कर्णालीको पौष २० गते सुर्खेतमा र सुदुरपश्चिमको २२ गते कंचनपुरमा भेला र प्रशिक्षण कार्यक्रम आयोजना गरिने मिति तय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार पश्चिमान्चलको र पूर्वान्चलको मिति पछि तय गरिने छ ।

उपत्यकाभित्र भक्तपुरमा आगामी पौष १४ गते जिल्ला कार्य समितिले सभा आयोजना गर्ने समेत पार्टीले जनाएको छ ।