अमेरिकी राष्ट्रपति बाइडेन सवार गाडी दुर्घटनामा !

अमेरिकी राष्ट्रपति बाइडेन सवार गाडी दुर्घटनामा !


अमेरिकी राष्ट्रपति बाइडेन सवार गाडी दुर्घटनामा परेको छ । डेलावायर राज्यस्थित विल्मिङटन शहरमा रहेको राष्ट्रपतीय चुनावी अभियानको कार्यालयमा जो बाइडेन सवार गाडी दुर्घटनामा परेको हो ।

राष्ट्रपतीय मोटरको लस्करमा सामेल एउटा गाडीलाई तीव्र गतिमा आइरहेको सेडान कारले ठक्कर दिँदा राष्ट्रपति बाइडेन सवार गाडी दुर्घटनामा परेको हो।

दुर्घटनास्थलबाट राष्ट्रपति बाइडेन ४० मिटरको दूरीमा रहेको जनाइएको छ । दुर्घटनापछि राष्ट्रपतिलाई सुरक्षाकर्मीले हतार-हतार अर्को गाडीमा राखेका थिए । राष्ट्रपति बाइडेन सुरक्षित रहेको बताइएको छ ।