नेकपा एमालेका नेता तथा पूर्वसांसद गोविन्दविक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
शाह जाजरकोट जिल्लाका तत्कालीन निर्वाचित जिविस सभापति, निर्वाचित सांसद,राप्रपाका संस्थापक सदस्य नेकपा एमालेका नेताको जिम्मेवारी निर्बाह गरेका थिए ।
शाहलाई स्वागत गर्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम संघीय गणतन्त्र भ्रष्ट तन्त्रमा परिणत भएको भन्दै व्यवस्था परिवर्तनबिना अवस्था परिवर्तन नहुने धारणा राखे । नवप्रवेशी शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्रतिक्रिया