शिवराज नगरपालिकामा पृथ्वीनारायण शाहको शालिक

शिवराज नगरपालिकामा पृथ्वीनारायण शाहको शालिक


कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा पृथ्वीनारायण शाहको शालिक निर्माण भएको छ ।

उक्त शालिकको राजा ज्ञानेन्द्र शाहले यही पुस १४ गते अनावरण गर्ने भएका छन्।

शिवराज नगरपालिकाका मेयर अजय थापाको अगुवाइमा सालिक निर्माण भएको हो । राजा ज्ञानेन्द्रबाट नै अनावरण गर्ने तय भएको नगरपालिकाले जनाएको छ ।

यता राजाको संवाद सचिवालयले पनि आगामी हप्ता राजा ज्ञानेन्द्रको पश्चिमनेपालमा भ्रमण हुनलागेको विज्ञप्तिमार्फत जनाइसकेको छ।