जापानमा ज्यान गुमाएकी सलिनाको परिवारलाई सहयोग हस्तान्तरण

जापानमा ज्यान गुमाएकी सलिनाको परिवारलाई सहयोग हस्तान्तरण


  • विशेष प्रतिनिधि, फुकोओका (जापान)

जापानको फुकोओकामा निधन भएकी सलिना तमाङ्गको परिवारलाई चितवन समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

अध्ययनको शिलशिलामा डेढ वर्षदेखि सलिना जापान रहँदै आएकी थिइन् । उनको शव नेपालमा ल्याइ दाहसंस्कार गरिएको थियो।

चितवन समाज जापानद्वारा संकलित सहयोग रकम ३ लाख ६३ हजार ५३१ रुपया चेकमार्फत मृतक सलिनाको बुबा मीनाराम तामाङ्गलाई हस्तान्तरण गरिएको थियो । चितवनको गुञ्जानगरस्थित निवासमा समवेदना पत्रसहित चेक हस्तान्त्ररण गरिएको हो ।

सो अवसरमा चितवन समाज जापानका महासचिव कविकिरण न्यौपाने, वरिष्ठ उपाध्यक्ष टंक गैरे, चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष समिर खत्री, अध्यक्ष दीपक गौतमले शोक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन भने चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका सचिव हरिप्रसाद न्यौपानेले गरेका थिए ।