मन्त्री सुदन किराँतीको राजीनामा माग्दै बुटवलको चौराहामा प्रदर्शन

मन्त्री सुदन किराँतीको राजीनामा माग्दै बुटवलको चौराहामा प्रदर्शन


राजसंस्थावादी संगठन वीर गोर्खालीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै बुटवलको चौराहामा प्रदर्शन गरेका छन् ।

मन्त्री किरातीको पुत्लादहन र रांके जुलुस निकाल्ने तयारीसहित चौराहामा जम्मा भएका उनीहरु प्रहरी तैनाथीका कारण प्रदर्शन मात्रै गर्न बाध्य भएका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै वीर गोर्खालीका अगुवा विक्रम पाण्डेले ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको र आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नु पर्ने उनको भनाइ छ ।

संस्कृति मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नुपर्ने अत्यन्त विवादास्पद अभिव्यक्ति दिएका थिए । मन्त्री किरातीले तत्काल राजिनामा नदिए यो विषय विकराल हुनसक्ने चेतावनी दिँदै पाण्डेले तत्काल राजीनामा नदिए आन्दोलनले चर्को रुप लिने चेतावनी दिए ।