बालकुमारीमा भएको प्रदर्शनमा एक युवाको मृत्यु, अर्का एक गम्भीर घाइते

बालकुमारीमा भएको प्रदर्शनमा एक युवाको मृत्यु, अर्का एक गम्भीर घाइते


इपीएस परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले हवाइ फायर गर्दा एक प्रदर्शनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत रहेको प्रहरीले जनाएको छ ।

जुम्ला स्थायी घर भइ भक्तपुर बस्दै आएका उनी प्रदर्शनका क्रममा घाइते भएपछि अस्पताल लगिएको थियो । अचेत अवस्थामा किस्ट अस्पताल पुर्याइएका राउतलाई केही बेरमै मृत घोषणा गरिएको हो ।

राउतसँगै घाइते भएका अर्का एक युवको गम्भीर अवस्थामा पाटन अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेपछि प्रहरी प्रतिरोधमा उत्रिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरुमा अश्रुग्याँस प्रयोग गरेपछि काबुबाहिर गएपछि हवाइ फाएर गरेको थियो ।