करिव २ करोडको औषधिसहित ट्रक नियन्त्रण

करिव २ करोडको औषधिसहित ट्रक नियन्त्रण


प्रहरीले बिजक भन्दा बढी औषधी लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । गए राति ११ः ४० बजे बिलविजक भन्दा बढी औषधी बोकेको मालबाहक ट्रक वीरगञ्जबाट कैलाली, सुनसरी तथा काठमाडांैतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा-८, १४ र १५ गण्डक, घण्टाघर र तिमा चोकस्थित सडक खण्डमा ना४ख ८३१८, ना३ख ४१४१ र एनएल ०१ जी१८१८ नम्बरका मालवाहक ट्रकबाट १ करोड ८९ लाख ९७ हवा २ सय ८७ रुपैयाँबराबरका सामान बरादम भएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएक तीन वटै ट्रक र सामान प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।