भारतीय विदेशमन्त्री र मधेसकेन्द्रित नेताहरुबीच भेटवार्ता

भारतीय विदेशमन्त्री र मधेसकेन्द्रित नेताहरुबीच भेटवार्ता


नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर र मधेसकेन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

बिहीबार भएको भेटमा द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

भेटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी रहेका थिए ।

यसअघि भारतीय विदेशमन्त्री डा. जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । भ्रमण सम्पन्न गरी भारतीय विदेशमन्त्री पुस २० गते स्वदेश फर्कंदैछन् ।

  • तस्बिर : रासस