एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ स्थानमा उम्मेदवारी दिने

एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ स्थानमा उम्मेदवारी दिने


६ जनालाई केन्द्रीय सदस्य मनोनित

नेकपा (एमाले)ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ ।

लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन् ।

बैठकपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बैठकमा सातवटै प्रदेश कमिटीबाट आएका सिफारिसलाई ‘क्लस्टर’अनुसार प्रारम्भिक छलफल गरिएको बताउ । एमालेले एक महिलासहित प्रत्येक प्रदेशबाट तीन जनाको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको थियो ।

‘सिफारिस भइ आएका उम्मेदवारका नाम क्लस्टरअन्तर्गत पर्ने/नपर्ने र प्रमाणित हुने/नहुने भन्ने विषय स्पष्ट भएर उम्मेदवारी दर्ताको तयारी गरेका छौँ’, महासचिव पोखरेलले भने ।

यस्तै, बैठकले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । प्रदेश अधिवेशनपछि निवर्तमान प्रदेश अध्यक्षलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए ।

बताइएअनुसार कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशको रामअवतार यादव, बागमती प्रदेशबाट केशवराज पाण्डे, कर्णाली प्रदेशको विनोद शाह र सुदूरपश्चि प्रदेशको दामोदर भण्डारीलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्लाका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

महासचिव पोखरेलले नेपाल-भारत संयुक्त आयोगको बैठकमा भएका सम्झौता विषयमा सरकारले प्रतिपक्षसँग कुनै पनि परामर्श नगरेका चिन्ता व्यक्त गरेको छ ।

‘भारतसँग के के सम्झौत भए । सत्तापक्षले त्यसको प्रतिपक्षलाई स्पष्ट पारेको छैन, भारतसँग के-के विषयमा सम्झौता भएका छन् । ति विषयलाई स्पष्ट पार्न माग गरेका छौँ’, पोखरेलले भनेका छन् ।