सम्झनाकुञ्ज-मुक्तिनाथ शर्मा

सम्झनाकुञ्ज-मुक्तिनाथ शर्मा


हाम्रा नेपाली साहित्य प्रगतिमा निरन्तर
लागेकाले छिटै यस्ले छोला जस्तै छ शिखर
धेरै आए महाकाव्य खण्डकाव्य मनोहर
गीतिकाव्य स्मृतिकाव्य उपन्यास बराबर ।।

विद्वानहरूको यस्मा देखिन्छ जोश जागृति
त्यस्तै जाँगरी स्रष्टा हुन् वासुदेव त्रिपाठीजी
अहिले उनको यौटा आएको छ ठूलो कृति
सम्झनाकुञ्ज हो नाउँ संगालो कविता स्मृति ।।

सम्झना बाबु आमाको श्रद्धा श्राद्ध र पूजन
बिर्सेर हास्नका सट्टा सम्झि सम्झि स्वयम् रुन
लेखिएको छ यो काव्य लाग्छ यो कार्य पूज्य हो
साहित्य सिर्जनाधर्मीको सच्चा राजमार्ग हो ।।

प्राध्यापक स्वयम् बासुदेव विद्वान डाक्टर
हुदा उन्का कृति सारा देखिन्छन अति सुन्दर
राष्ट्रकवि घिमिरकोे आशिर्वचन याहीँ छ
सबै कारण यो काव्य साँच्चै नै पठनीय छ

पिता माता गुरुलाई जस्ले सम्मान गर्दछ
योग्य सन्तती त्यै हुन्छ आफै सम्मान पाउँछ
प्राडा त्रिपाठीजी त्यस्तै भएको लोक मान्दछ
शुभेक्षा मान सम्मान दिनलाई रुचाउँछ ।।

प्राडा त्रिपाठीमा मेरो शुभेच्छा धन्यवाद छ
सुख सन्तोषले बास गरोस् कविजीका घर
यस्ता काव्य अझै आउन् भण्डार भरिपूर्ण होस्
कामना म यहि गर्छु सहित्य चुलीमै पुगोस् ।।