चिनियाँ टोलीको उपेक्षा !

चिनियाँ टोलीको उपेक्षा !


उपराष्ट्रपति रामसहायप्रसाद यादवको पहलमा नेपाल भ्रमणमा आएको चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डललाई नेपालले महत्व नदिएको महसूस कुटनीतिक विज्ञहरूले गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी स्थायी कमिटीका डिपुटी सचिव सी युयाङको नेतृत्वमा पाँच सदस्यीय टोली पौष १९ गते अपरान्ह नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेको थियो । तर उक्त टोलीसँग राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसम्मले भेटवार्ता गरेनन् ।

सीको टोलीलाई कलङ्कीस्थित लर्निङ रियल्म इन्टरन्यासनल स्कुल, धापाखेलस्थित इसिमोडको कार्यालय र गोदावरीस्थित लिभिङ माउण्टेन ल्याब, स्वयम्भू, वसन्तपुर, ठमेल, बबरमहलस्थित रिभिजिटेड लगायतका स्थानमा घुमाइएको थियो । चिनियाँ टोलिसँग उपराष्ट्रपति यादवले आफ्नो निवासस्थान बहादुरभवनमा भेट गरेका थिए भने बेदुराम भुसाल र सुदन किराँती नामका मन्त्रीहरूसँग पनि चिनियाँ टोलीको सिंहदरबारमा भेट भएको थियो ।

यसपटक चिनियाँ प्रतिनिधिमण्डलले आफूहरूको उपेक्षा भएको महसूस गरेको सम्बद्ध सूत्रबाट थाहा भएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले कसरी चिनियाँ टोली नेपाल आइपुग्यो भनेर प्रश्न गर्दा नेपाली पक्षले त्यसको जवाफ दिने आँटसम्म नगरेको बताइन्छ । अन्ततः ‘उपराष्ट्रपतिले बोलाएको’ भनेर सबैले चिनियाँ टोलीको आगमनबारे अनभिज्ञता प्रकट गरेका थिए ।