हिन्दू-पुनर्जागरण र पृथ्वीनारायण शाह

हिन्दू-पुनर्जागरण र पृथ्वीनारायण शाह


नेपालको सम्पूर्ण जनसङ्ख्यामा ८१.३ प्रतिशत प्रतिनिधित्व गर्ने हिन्दुहरूको पहिचान मेटाउने सपना देख्नेहरू स्क्रिजोफ्रेनियाले पीडित हुँदैछन् । हरेक पल पृथ्वीनारायण शाहको अदम्य साहस र देशप्रतिको सम्मान ‘दिव्य-उपदेश’ले पुनर्जागरणको बाटोलाई अझै सशक्त तथा फलदायी बनाउन मद्दत गरिरहेको छ ।
✍ डा. गोविन्द उपाध्याय
१. हिन्दू पुनर्जागरण

आधुनिक समयमा हिन्दु सनातन धर्मको पुनर्जागरणका पृथ्वीनारायण शाह नै हुन् । भारतवर्षमा धेरै राजा भए तर ती सबैले आफ्नो राज्यको कुरा गरे । राणा प्रताप होस् वा शिवाजी – दुवैले अकबर र औरंगजेवसँग हिन्दू-संस्कृतिको राक्षाको लागि युद्ध गरेका होइनन् । उनीहरूले आफ्नो राज्य जोगाउन सङ्घर्ष गरेका हुन् । शिवराज विजय नामको संस्कृत पुस्तकमा ‘हिन्दू राष्ट्र वा हिन्दू पुनर्जागरण’ कुनै उल्लेख छैन । राणा प्रतापको कुरा पनि चित्तौडगढमा टुङ्गिएको छ । ‘असली हिन्दूस्थाना’को वैश्विक दृष्टिकोण राजा पृथ्वीनारायणले अगाडि सारेका हुन् । त्यसैले शाह आधुनिक विश्वका पहिला राजा हुन् जसले हिन्दूहरूका लागि खाट्टी हिन्दूराष्ट्रको स्थापना गर्ने सपना देखे र आंशिकरूपमा हिन्दू राष्ट्रको स्थापना गरे ।

२. पहिलो दस्तावेज

पृथ्वीनारायण शाहको दिव्य उपदेश हिन्दु-राष्ट्रको लागि तत्कालीन अवस्थामा तयार पारिएको पहिलो दस्तावेज हो । यो दस्तावेजले प्राचीन वैदिक स्मृति ग्रन्थहरूको सार समेटेर ‘हिन्दू राष्ट्रको शासकीय स्वरूप’ प्रस्तुत गरेको छ । निश्चय नै यो तत्कालीन नेपालसँग सम्बन्धित थियो तर अङ्ग्रेजले विश्वका अनेकौँ राष्ट्रहरूलाई आफ्नो उपनिवेश बनाएर इसाई संस्कृतिको विस्तार गरिरहेका अवस्थामा हिन्दू धर्मशास्त्रका आधारमा छुट्टै राष्ट्रको परिकल्पना र स्थापना दुवै युगान्तकारी कर्म ठहरिन्छन् ।

३. पहिलो हिन्दू राजा

इसाई/मुसाई र पश्चिमा पद्दतिको राजनैतिक प्रतिमान अङ्गिकार गर्नेहरूको पहिलो रिस नै पृथ्वीनारायण शाहले नेपाललाई हिन्दूस्थाना घोषित गर्नु र असली हिन्दूस्थानाको पहिलो सार्वभौमसत्ता सम्पन्न ‘हिन्दू राजा’ हुनु हो । हो, यस अगाडि पनि धेरै हिन्दूराजा भए तीमध्ये कसैले पनि हिन्दूराजा भएको घोषणा गरेका छैनन् । मुसाई (मुस्लिम यहुदी इसाई) र कसाई (कम्युनिष्ट-समाजवादी)हरूले एउटा रैथाने नेपालीले हिन्दूराष्ट्र स्थापना गरेको र पहिलो राजा भएर धर्मपरिवर्तनकारी शक्तिहरूलाई देश निकाला गरेको तत्थ्य आजसम्म हजम हुन सकेको छैन । राजा पृथ्वीनारायण शाहले २६० वर्ष अगाडि मुसाई र कसाईलाई दिएको झापट उनीहरू नेपालका रैथाने हिन्दू-सनातनी तथा जैन-बौद्धलाई नामेट परेर बदला लिन चाहन्छन् । धर्मनिरपेक्षवादी पार्टीहरूका हिन्दु-संस्कृति विरुद्धका अराजक गतिविधिले यही भनिरहेको छ ।

४. समावेशीका राजनीतिका जनक

राजा पृथ्वीनारायण शाहले ‘चार जात छत्तिस वर्णको फुलवारी’ भन्दै मुसाई-कसाई मर्ममा प्रहार गरेका छन् । मुसाई-कसाईहरूको प्रमुख लक्ष्य नै ‘एकधर्म, एक देवदूत, एक पुस्तक, एउटा भाषा र एउटा राजनैतिक व्यवस्था’ स्थापना गरेर विश्वबाट अन्य धर्म, संस्कृति, परम्परा तथा राजनैतिक आस्थाको समूल नाश गर्नु हो । मुसाईको घोषित लक्ष्य हो यो भने कसाईले पनि ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो’ भन्दै एकलकाँटे राजकीय प्रणाली स्थापना गर्न चाहन्छन् । राजा पृथ्वीनारायण शाहले विश्वका कुसाई-मुसाई दूवैलाई बहुलतावादी शासकीय तन्त्र केवल असली ‘हिन्दूस्थाना’ले मात्र ग्यारेन्टी गर्छ र अन्य राजकीय व्यवस्थाहरू एकलकाँटे हुन् भन्ने प्रष्ट सन्देश दिए । एउटा थप कुरा, आजको समावेशीकरण जालझेली, भाइभतिजावाद, स्वास्नीवाद, घृणावाद र पैसावादमा अडिएको छ तर तेसबखत यो विचार ठुलै क्रान्ति थियो ।

छोटो समयका लागि भए पनि विश्वका हिन्दूहरूले आफ्नो पहिचानको राष्ट्र प्राप्त गरेका थिए । तर मुसाई–कसाईको बक्रदृष्टि र सनातनीका बीचमा रहेको अशिक्षाको कारणले त्यो गुम्यो ।

५. हिन्दूराष्ट्रका पहिलो राजा

पृथ्वीनारायण शाह अहिलेका लागि इतिहासका उज्ज्वल पात्र हुन् । उनले जैन, बौद्ध, मुसाई र कुसाईहरूको सदियौँदेखि दलनमा परेर हिन्दूहरूको अस्तित्वबोध समेत गुमाउन आँटेका सनातिनीको अस्तित्वलाई पुनः जगाउने काम गरेका छन् । ऋषिहरूले ‘उत्तिष्ठ, जागृत वरान्निबोधत’ भन्ने पुकारलाई आधुनिक सन्दर्भमा उपयोग गरेका हुन् । जैन तथा बौद्धहरूले पनि प्रत्यक्ष रूपमा हिन्दु-संस्कृतिकै खेदो खनेका हुन् तर आज यो इतिहास हो । आजको सन्दर्भमा हिन्दू, जैन तथा बौद्धहरूका साझा शत्रु मुसाई-कुसाई नै हुन् । इन्डियाले नेपालको हिन्दू अस्तित्वलाई स्वीकार नगर्ला तर राजा पृथ्वीनारायण शाहले असली हिन्दूस्थानाको अवधारणा अगाडि नसारेको भए अहिले भारतमा हिन्दूहरूले पुनर्जागरणको पक्षमा भोट दिने थिएनन् । भारतीयहरूले स्वीकार नगरे पनि पृथ्वीनारायण शाह हिन्दू पुनर्जागरणका आदिपुरुष हुन् ।

६. सम्झनयोग्य राजा

तत्कालीन नेपालका रजौटाहरूमध्ये पृथ्वीनारायण शाह पनि एक जना हुन् । अन्य राजाहरूको त्यति चर्चा हुँदैन । एउटा रजौटाले नेपाल एकीकरणको सपना देख्नु, त्यो सपना पूरा गर्नु, देशको मौलिक इतिहास बुझेर ‘असली हिन्दूस्थाना’ घोषणा गर्नु, अङ्ग्रेजहरूको एकलकाटे राजधर्म बुझेर ‘बहुलवादी मानव-समाजको स्थापना’ गर्नु, आजको भयावह समय देखेर मुसाईहरूलाई देश निकाला दिनु, देशभरिको विविधतालाई स्वीकार गर्दै ती विविधताको सुरक्षा गर्ने जिम्मा स्थानीयतहलाई नै दिनु र आफूले पढ्न नसके पनि आफ्ना सन्तान र नागरिकलाई पढ्न प्रेरित गर्नु तथा एउटा कुशल राजाका रूपमा चीन तथा भारतसँग सरल सम्बन्ध निर्माण गर्ने अभिप्रेरित गर्नुले यी एउटा सम्झनयोग्य राजा भएका छन् । शाहको दिव्य उपदेश अहिलेको शासकीय प्रणालीका उपयुक्त नहोला तर उनले स्थापित गरेका प्रतिमानहरू सम्झन र अनुकरण गर्न योग्य छन् ।

७. महानायक

२६० वर्षअगाडिको सामाजिक, राजनैतिक, धार्मिक तथा सांस्कृतिक चेतनामा आकाशपातालको फरक आएको छ । राज्यहरू शक्तिशाली राष्ट्रहरूमा रूपान्तरित भएका छन् । वीरभोग्या वसुन्धराजस्ता कथनहरू इतिहास बनेका छन् । मान्छेको स्वभाव र चाहनामा परिवर्तन भएको छ । मान्छेको जनसङ्ख्या र आवश्यकता पनि त्यो समाजले सोच्नै नसक्ने गरी बढेको छ । तर हिन्दु धर्म र संस्कृतिका उपर आक्रमणको तीव्र्रता त्यो समयभन्दा बढी नै सनातनीहरूले अनुभव गरेका छन् । इन्टरनेट, रेडियो, टेलिभिजन आदिको विस्तारका कारण हिन्दू-संस्कृतिको बहुआयामिक स्वभावको आयतन निकै बढेको छ । यस्तो अवस्थामा लगभग तीन हजार वर्षदेखि निरन्तर दलनमा रहेका हिन्दूहरूको आत्मबल बढेको छ र पहिचानको प्राप्तिको लागि पुनर्जागरण हुँदैछ भने यसको केही श्रेय श्रीपृथ्वीनारायणलाई पनि दिनुपर्छ ।

छोटो समयका लागि भए पनि विश्वका हिन्दूहरूले आफ्नो पहिचानको राष्ट्र प्राप्त गरेका थिए । तर मुसाई–कसाईको बक्रदृष्टि र सनातनीका बीचमा रहेको अशिक्षाको कारणले त्यो गुम्यो । हिन्दुराष्ट्र गुम्दा विश्वका हिन्दुहरू खुसी छैनन् । अब सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको विश्वका हिन्दुहरूको स्वाभिमानमा रुपान्तरित भएको छ । नेपालले त्यसको नेतृत्व गर्नुपर्छ । महानायकका रूपमा पृथ्वीनारायण शाहको विकल्प छैन ।

पृथ्वीनारायण शाह अहिलेका लागि इतिहासका उज्ज्वल पात्र हुन् । उनले जैन, बौद्ध, मुसाई र कुसाईहरूको सदियौँदेखि दलनमा परेर हिन्दूहरूको अस्तित्वबोध समेत गुमाउन आँटेका सनातनीको अस्तित्वलाई पुनः जगाउने काम गरेका छन् ।

८. अग्रगमनका प्रणेता

इतिहासलाई गालीगलौज गर्ने संस्कृतिले नेपाल र नेपालीको भलो हुँदैन । सत्य हो कि आजको मितिमा मुसाईहरू पनि नेपाली नागरिक छन् । अन्य नागरिकसरह तिनको पनि यो देश हो र हुनुपर्छ । देशको एकजना नागरिकले पनि अपहेलित, अपमानित तथा तिरस्कार गरेको अनुभव गर्नु हुँदैन । तर जर्ज जेकव ह्यालोक (१८१७–१९०६) ले मुसाईहरूसँग मोहभङ्ग भएर जुन धर्मनिरपेक्षताको कल्पना गरे, त्यो नेपाली समाजको चरित्र विरुद्ध हो । उदाहरणका लागि धर्मका मामिलामा सधैं एकलवादी तथा क्रुरतम अभ्यास गरिरहेका यहुदी, इसाई तथा मुस्लिमहरूले नेपाली राजनैतिक संस्कृतिमा धर्मनिरपेक्षताको आवरण स्वीकार गर्नु छल, प्रपन्च तथा धुर्त्याइँको अन्तिम अवस्था हो । राजा पृथ्वीनारायण शाहले मुसाईको धुर्त्याइँ बुझेर बहिष्कार गरेका थिए तर उनको समयमा कसाई थिएनन् । मुसाई र कसाईले गठबन्धन गरेर वैदिक संस्कृतिको विनाश गरिरहेको सत्य हो । आजको समाजले उपर्युक्त सत्य बुझेन भने नेपालमा वैदिक संस्कृति इतिहासको विषय हुनेछ । नेपालबाट मुसाईको अन्त्य नहोला तर निस्तेज बनाउनुको विकल्प छैन । हो, नेपाली समाज वैदिक समाज र संस्कृतिको अस्तित्व पहिचानको स्थापनामा छ । पृथ्वीनारायण शाहले हिन्दु-पहिचानलाई राजनैतिक प्रतिमानका रूपमा संस्थागत गरेका हुन् ।

९. रजौटाबाट राजा बने

त्यो समय विश्वभरि नै राजा र सामन्तहरूको हुकुम चल्थ्यो । जित्ने राजा हुन्थ्यो हार्ने रैकर । नेपाल यो भन्दा भिन्न थिएन । गोर्खाका रजौटा पृथ्वीनारायण शाहले ठूलो राजा बन्ने सपना देखे । त्यसबखतको चलनअनुसार युद्ध गरे । कति पल्ट हारे । धेरै पटक युद्ध जिते । युद्ध गरेर राज्य बढाउनु पर्ने, शक्ति आर्जन गर्नुपर्ने समयमा आजको नैतिकताको कल्पना गर्ने र पृथ्वीनारायण शाहबाट ‘जेनेभा-सन्धि’अनुसारको व्यबहार खोज्नेहरू धूर्त हुन् । यो धुर्त्याइँ जानाजान पृथ्वीनारायण शाहको बदनामी गर्न, उनले उत्थान गरेको ‘हिन्दू पुनर्जागरणलाई निस्तेज गर्न प्रयोग गरिएको हो । यदि त्यस बखत प्रसिद्ध घृणावादी गोपाल गुरुङ, लोकतन्त्रवादी पूर्वप्रम बाबुराम भट्टराई, वर्तमान प्रम प्रचण्ड, एमालेका शक्तिशाली नेता केपी ओली र तथाकथित राजाहरूको घोर विरोध गर्ने जुनसुकै नेता वा कार्यकर्ता रजौटा भएको भए त्यही गर्थ्यो । केही गर्न नसक्नेले रजौटा पृथ्वीनारायण वा अन्यको रैती भएर काम गरिरहेको हुन्थ्यो । सबैभन्दा अचम्मको कुरा के भने राजाको मूर्ति ठड्याएर राजाकै विरोध गर्ने ‘पहिचानवादी’को कुरा बुझ्न सकिन्न ।

१०. घृणावादीको भलो होस् !

एउटा तीतोसत्यले विदेशीका चौकीदारहरूलाई पोलिररहेको हुन्छ । त्यो के हो भने राजा पृथ्वीनारायण शाहले आफ्नो देशको धर्म, संस्कृति तथा परम्परा जोगाउन हदैसम्म प्रयत्न गरेकै हुन् । यी ‘जूठे’हरू राजा पृथ्वीनारायण शाहको ‘सनातनी छवि’ कत्ति पनि मन पराउन्न । आजका मोडर्नहरू ‘पृथ्वीनारायणविरोधी’हरू पहिचानको ठूलो वकालत गर्छन् तर क्रिसमस डे, मोहम्मद डे का दिन क्रस र टोपी लगाएर जुलुसको पछाडि-पछाडि हिँड्ने गर्छन् । हिन्दु धर्म, संस्कृति तथा संस्कारहरूका विरुद्ध आगो ओकल्नुलाई ‘समाजवाद’ भन्छन् । घृणावादीहरूले हिन्दुहरूलाई जगाउने नै काम गरिरहेका छन् । यी सबैको भलो ठान्नुपर्छ । दिसा धोएपछि मात्र अन्य कर्म गर्न मिल्छ । यिनै घृणावादी, एकलकाटे मुसाई-कसाईका अत्याचारले विश्वभरिका हिन्दुहरूलाई आफ्नो पहिचान स्थापित गर्न अभिप्रेरित गरिरहेको छ । नेपालको सम्पूर्ण जनसङ्ख्यामा ८१.३ प्रतिशत प्रतिनिधित्व गर्ने हिन्दुहरूको पहिचान मेटाउने सपना देख्नेहरू स्क्रिजोफ्रेनियाले पीडित हुँदैछन् । हरेक पल पृथ्वीनारायण शाहको अदम्य साहस र देशप्रतिको सम्मान ‘दिव्य-उपदेश’ले पुनर्जागरणको बाटोलाई अझै सशक्त तथा फलदायी बनाउन मद्दत गरिरहेको छ ।

अन्त्यमा, राजा पृथ्वीनारायण शाह प्रत्यक्ष रूपमा तत्कालीन नेपालीहरूका राजा थिए तर अप्रत्यक्ष रूपमा विश्वभरिका हिन्दुहरूको आत्मसम्मान, अस्तित्व तथा पुनर्जागरणका सम्राट थिए । यो कुरा अङ्ग्रेजी भारतले स्वीकार गर्ला/नगर्ला तर सनातन धर्मका विनम्र अनुयायीहरूका लागि गौरवको, आस्थाको, विश्वासको मन्दिरसरह हुनेछ । हामी उनको सम्मान गर्छौं । नेपाली जनता तिनको सम्मान गर्छन् । तिम्रा दिलका राजा रोमतिर, जर्मनतिर होलान्, उनैको भक्ति गर, तर नेपालको इतिहासलाई विकृत र वदनाम नगर । राजा पृथ्वीनारायण शाहको योगदानलाई तिमीले अस्वीकार गरे पनि विश्वभरिका हिन्दुहरूले स्वीकार गर्ने छन् र गरिरहेका छन् ।
स्वस्त्यस्तु ।