दाङमा राप्तीनदी पुलबाट यात्रुबाहक खस्दा पाँचको मृत्यु, पच्चीस घाइते

दाङमा राप्तीनदी पुलबाट यात्रुबाहक खस्दा पाँचको मृत्यु, पच्चीस घाइते


दाङको भालुबाङमा राप्ती नदीको पुलबाट यात्रुबाहक बस नदीमा खसेको छ । शुक्रबार राति भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत भइसकेको छैन ।

नेपालगन्जबाट काठमाडौंका लागि प्रस्थान गरेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको हो ।

बसमा तीन दर्जन यात्रु रहेका र पच्चीस जना घाइते भएको बताइएको छ । उक्त बसले पुलको दाँयातर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको जनाइएपनि दुर्घटनाको कारण खुलिसकेको छैन ।