माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता

माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता


नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधारसमेत तय गरेको छ । बैठकमा विभिन्न पार्टीसँग एकताका विषयमा पनि छलफल भएको थियो । बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकता संयोजन समिति बनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले मुलुकको समग्र परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गरेको पनि प्रवक्ता सापकोटाले जानकारी दिए । स्थायी समितिमा दशवटै प्रदेश इन्चार्जले हालै सम्पन्न अभियानका बारेमा संक्षिप्त प्रस्तुत दिएका थिए । माओवादीले पार्टी रुपान्तरणका लागि गत भदौदेखि चारमहिने अभियान सञ्चालन गरेको थियो ।

photo: rss