काङ्ग्रेसका पूर्व महामन्त्री एवम् वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको दिन फेरि फर्कने भएको छ । लामो समयदेखि कुनै उच्चपदीय जिम्मेवारीमा नरहनुभएका सिटौलालाई काङ्ग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । उहाँलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी उम्मेदवार बनाइएको काङ्ग्रेससम्बद्ध सूत्रहरूले बताएका छन् ।
तर अहिले निर्वाचनमा विजयी भएमा सिटौलालाई उपप्रधानमन्त्रीको हैसियतसहित गृहमन्त्रालयको जिम्मेवारी सुम्पने सोच शेरबहादुर देउवाले बनाउनुभएको बुझिएको छ । देउवाले यससम्बन्धमा प्रधानमन्त्री प्रचण्डसँग पनि कुरा गर्नुभएको र, यसमा प्रचण्डसमेत सहमत रहनुभएको बताइन्छ । जे होस्, करिव दशक लामो प्रतीक्षापछि सिटौलालाई राम्रो अवसर आएको छ । चुनाव जितेमा उहाँ राष्ट्रियसभा अध्यक्ष या गृहमन्त्री बन्ने निश्चित मानिएको छ ।
जो पावरमा रहन्छ उसको नजिक पुग्नसक्ने विशिष्ट क्षमताका नेता सिटौला एकताका गिरिजाप्रसादको भित्रिया मानिनुहुन्थ्यो, त्यसपछि सुशील कोइराको पनि त्यत्तिकै नजिक पुग्नुभयो र, केही वर्षयता उहाँ शेरबहादुर देउवाको अति निकटतम् बन्नुभएको छ ।
प्रतिक्रिया